चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ मंसिर २०७६
  • 2.5K
    Shares

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ ।

चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई पल्टिदा पाँच जनाको ज्यान गएको बताइएको छ । तिब्र गतिमा रहेका कारण अनिनत्रित भई पहाडमा ठोकिन पुगेको थियो ।

दुर्घटनामा परि मृत्यु भएका पांच मध्ये पर्बत जिल्लाको कुस्मा नगरपालिका पिपलटारीका बर्ष ३५ को श्याम प्रसाद तिवारीको मात्र सनाखत भएको प्रहरीले जानकारी दिएको छ। अन्यको पहिचा खुल्न सकेको छैन।  गम्भीर घाइते भएकी एक जना महिलाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको पनि पहिचान खुल्न सकेको छ्रैन ।

प्रतिक्रिया