कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ।
२०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका वडा नम्बर ३ र ५ बिचमा परेको लत्रेपिपल बजारको करीब २ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ। सो जग्गा पुतलीबजार नगरपालिका वडा नम्बर ५ डांडा निवासी रुद्र बहादुर रानाले दर्ता गरेको प्राप्त समाचारमा जनाइएको छ। उनले सो जग्गा प्लटिंग गरेर २/३ वटा घडेरी समेत बिक्री गरेको बताइएको छ।
यसैबीच उक्त लत्रेपिपल बजारमा रहेको जग्गा खारने र सम्याउने नाममा त्यस ऐतिहासिक र पुरातात्विक महत्वको त्यस लत्रेपिपल काट्नतर्फ माफियाहरुको आँखा गएको समाचार स्रोतको दाबी छ। उक्त पिपलको रुख कटान गर्न उजुरी दिएपछि स्थानिय समाजसेवी महिला कमला शाहले उक्त रुख कटान गर्ने कार्य रोक्न डिभिजन बन कार्यालय स्याङ्गजामा उजुरी दिएकी छिन।



