१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै शनिबार भएको विष्फोटमा परि जनकपुरधाम उपमहानगरपालिका १३ निवासी ११ वर्षीय आलोक राउत घाइते भएका हुन् ।
उनको दुवै हातका औंला चुँडिएका छन् । गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा प्राथमिक उपचार गरी थप उपचारका लागि धरानतर्फ लगिएको प्रहरीले जानकारी दिएको छ।
राखेपका कर्मचारीकै लापरबाहीका कारण पटाका छुटेको बताउँदै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले आतिसबाजीमा लापरबाही गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउने बताएका छन् ।