पत्रकार आश तमु हाजिरी जमानीमा छुटे, चुच्चे र सेन प्रहरी हिरासतमा

पत्रकार आश तमु हाजिरी जमानीमा छुटे, चुच्चे र सेन प्रहरी हिरासतमा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ मंसिर २०७६
  • 3.7K
    Shares

पत्रकार आश तमु

राजनीति डट कमका सहसम्पादक एबम यस जनसंचार डट कमका पुर्व समाचारदाता आश तमु उच्च अदालत पोखराका माननीय न्यायाधीशद्वय सुबाश पौडेल र प्रमोद कुमार बैद्य श्रीष्टको संयुक्त इजलाशको आदेश बमोजिम आज साँझ हाजिरी जमानीमा छुटेका छन्।

अदालतले पत्रकार आश तमुलाई हिरासतमा राखी अनुसन्धान गरिरहन आबस्यक नरहेको भन्दै अनुसन्धानमा सहयोग गर्ने गरी तारेखमा छाड्न आदेश दिएको थियो।
पत्रकार आश तमुको तर्फबाट उनकी श्रीमती निर्मा गुरुङले उच्च अदालतमा गैर कानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गरेकी थिइन। उनको तर्फबाट अधिवक्ता उत्तम केसीले बहस गरेका थिए।

गएको मङ्सिर ९ गते पोखरा रामबजारस्थित आफ्नै घरबाट गिरफ्तार गरिएका पत्रकार आस तमुलाई प्रहरीले प्रहरीमाथि अभद्र ब्यबहार गारेको आरोप लगाउदै सार्वजनिक अपराध मुद्दा दर्ता गरी आबस्यक अनुसन्धान गरिरहेको छ।

गएको मंसीर १ गते पोखराको बिरौटास्थित यातायात ब्यबस्था कार्यालय लाइसेन्स शाखा पोखराबाट गिरफ्तार गरिएका संचारकेन्द्र डट कमका पोखरा समाचारदाता राजकुमार घिमिरे अहिले पनि प्रहरीमाथि अभद्र ब्यबहार गरेको आरोपमा वडा प्रहरी कार्यालय रामबजार पोखराको हिरासतमा थुनुवा जीवन बिताइरहेका छन्।

यसैबीच प्राप्त पछिल्लो जानकारी अनुसार, उपनिर्वाचनका दिन गिरफ्तार गरिएका दुई जनालाई पनि प्रहरीले अभद्र ब्यबहार मुद्दा चलाएको छ। हाल वडा प्रहरी कार्यालय रामबजार पोखराको हिरासतमा रहेका बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गरेका चुच्चे भन्ने खड्क राई रहेका छन्। उनी सत्तारुढ नेकपाको चुनाबी प्रचार अभियानमै रहेका बेला पक्राउ परेका थिए।

त्यस्तै पोखराको बुद्धचोक बस्ने संघिय समाजवादी फोरमका समर्थक बिशाल सेनलाई पनि प्रहरीले अभद्र ब्यबहारको मुद्दा लगाएर वडा प्रहरी कार्यालय रामबजार पोखराको हिरासतमा राखेको छ।

प्रतिक्रिया