सात थुनुवा फरार प्रकरण : गार्ड कमान्डर र सेन्ट्री निलम्वित

सात थुनुवा फरार प्रकरण : गार्ड कमान्डर र सेन्ट्री निलम्वित


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १६ मंसिर २०७६
  • 3.5K
    Shares

लहान- सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालय महेशपुरको हिरासतमा रहेका सात जना पुरूष थुनुवा फरार प्रकरणमा दुई जना प्रहरी निलम्बित भएका छन्। शनिबार राति हिरासतबाट खाना खान जानेबेला पछाडिको ढोकाबाट थुनुवाहरू फरार भएका बखत गार्ड कमान्डर रहेका प्रहरी हवल्दार महेश कुमार यादव र सेन्ट्री बसेकी प्रहरी जवान सुनिता कटुवाललाई निलम्बन गरिएको प्रहरीले जानकारी दिएको छ। सीमावर्ती प्रहरी कार्यालय भएकोले सीमामा समेत प्रहरी गस्तीमा खटिएको थियो। ईलाका प्रहरी कार्यालयभित्र इन्पेक्टर कृष्ण श्रेष्ठको कमान्डामा करिब २० जनाजति प्रहरी तायनाथ थिए।

शनिवार खाना खुवाउने क्रममा हिरासतमा रहेका ११ जना थुनुवामध्ये सातजना थुनुवा फरार भएका थिए । फरार हुनेहरुमा २१ वर्षीय गणेश साह,१७ वर्षीय नविन यादव लागुऔषध मुद्दाका प्रतिवादी १९ वर्षीय नेपाल, मोहमद रियाज मिया, ४५ वर्षीय रामआशिष यादव, २६ वर्षीय रंधिर कुमार यादव छन् । उनीहरुसंगै भागेका चार जना थुनुवालाई भने प्रहरीले फेरी समातेको थियो।

 पछाडिको गेटको ताल्चा फुटाएर फरार भएपछि प्रहरी कार्यालयभित्र हल्लीखल्ली मचेको स्थानीयहरु बताउँछन्।

सिराहा जिल्लाको पतारमा रहेको इलाका प्रहरी कार्यालय महेशपुर पतारको हिरासत कक्षबाट सात जना थुनुवा फरार भएको समाचार सार्वजनिक भएपछी घटनामा छानबिन गर्न प्रहरीले एसएसपीसहितको छानबिन टाेली गठन गरेको छ । सो घटनाको अनुसन्धानका लागि एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जनाइएकाे छ ।

सो छानबिन टोलीले त्यति ठुलो संख्यामा एकैपटक त्यति धेरै थुनुवा कसरी थुनुवा कक्षबाट भागे भन्ने बारेमा अनुसन्धान गर्नेछ भने दोषीमाथि कारवाहीको सिफारिश समेत गर्नेछ।

इलाका प्रहरी कार्यालय लक्ष्मीपुरमा कार्यरत प्रहरीमध्ये अधिकांशले जिल्लाको कल्याणपुर नगरपालिका–१२ मा भएको उपनिर्वाचन र विवाहपञ्चमीका लागि जनकपुरमा खटिएकाले त्यहाँ थोरै सङ्ख्यामा प्रहरी रहेका थिए।

फरार भएका थुनुवाहरुको खोजीका लागि सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने सीमाक्षेत्रको जाँचमा समेत कडाइ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया