सिद्धबाबा वलात्कार गरेको आरोपमा बिराट नर्सिङहोमबाट बिहानै पक्राउ

सिद्धबाबा वलात्कार गरेको आरोपमा बिराट नर्सिङहोमबाट बिहानै पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १६ मंसिर २०७६
  • 3.4K
    Shares

सिद्धबाबा भनिने कृष्णबहादुर गिरि

वलात्कार आरोप लागेपछि विराटनगरको विराट नर्सिङहोमको आईसियुमा भर्ना भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई आज बिहानै सोही नर्सिङहोमको आईसियुबाटै पक्राउ गरेको छ।  उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्‍याइएको छ ।

बलात्कार आरोप लागेका गिरी हृदयघात भएको भन्दै आइतबारदेखि विराट नर्सिङ होममा भर्ना भएका थिए । उनलाई सामान्य खालको हृदयघात भएको र हाल स्वास्थ्य सुधारोन्मुख भएको विराट अस्पतालका चिकित्सक ज्ञानेन्द्र गिरीले जानकारी दिए।

गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

 

प्रतिक्रिया