एकैपटकमा सात थुनुवा भागेको सम्बन्धमा छानबिन गर्न बन्यो टोली

एकैपटकमा सात थुनुवा भागेको सम्बन्धमा छानबिन गर्न बन्यो टोली


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ मंसिर २०७६
  • 4.2K
    Shares

इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिराहा

सिराहा जिल्लाको पतारमा रहेको इलाका प्रहरी कार्यालय महेशपुर पतारको हिरासत कक्षबाट सात जना थुनुवा फरार भएको घटनामा छानबिन गर्न प्रहरीले एसएसपीसहितको छानबिन टाेली गठन गरेको छ । सो घटनाको अनुसन्धानका लागि एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जनाइएकाे छ ।

सो छानबिन टोलीले त्यति ठुलो संख्यामा एकैपटक त्यति धेरै थुनुवा कसरी थुनुवा कक्षबाट भागे भन्ने बारेमा अनुसन्धान गर्नेछ भने दोषीमाथि कारवाहीको सिफारिश समेत गर्नेछ।

शनिवार खाना खुवाउने क्रममा हिरासतमा रहेका ११ जना थुनुवामध्ये सातजना थुनुवा फरार भएका थिए । फरार हुनेहरुमा २१ वर्षीय गणेश साह,१७ वर्षीय नविन यादव लागुऔषध मुद्दाका प्रतिवादी १९ वर्षीय नेपाल, मोहमद रियाज मिया, ४५ वर्षीय रामआशिष यादव, २६ वर्षीय रंधिर कुमार यादव छन् । उनीहरुसंगै भागेका चार जना थुनुवालाई भने प्रहरीले फेरी समातेको छ

इलाका प्रहरी कार्यालय लक्ष्मीपुरमा कार्यरत प्रहरीमध्ये अधिकांशले जिल्लाको कल्याणपुर नगरपालिका–१२ मा  भएको उपनिर्वाचन र विवाहपञ्चमीका लागि जनकपुरमा खटिएकाले त्यहाँ थोरै सङ्ख्यामा प्रहरी रहेका थिए।

फरार भएका थुनुवाहरुको खोजीका लागि सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने सीमाक्षेत्रको जाँचमा समेत कडाइ गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया