पोखरा महानगरपालिका वडा नम्बर २० बिसौनामा बाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सल्यानका पांच जनाको मृत्यु भएको छ।
पोखरा महानागरसंग ग्रामिण क्षेत्र जोड्ने गरी सडक निर्माण भैरहेको र नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिएरआइतबार बिहान सल्यानको बागचौर नगरपालिका–४, पेदीखोलाका ५ जनाको मृत्यु भएको हो । ज्यान गुमाउनेमा जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली छन् ।
पाँचै जनाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान साविक पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पोस्टमार्फतको तयारी भइरहेको प्रहरीले जनाएको छ ।