मुलुकमा संघीय संसदका लागि आज भएको एक मात्र उपनिर्वाचन क्षेत्र कास्की निर्वाचन क्षेत्र नम्बर २ मा बिगतको भन्दा झन्डै पांच हजार मतदाताले कम मतदान गरेका छन्। कुल ७१ हजार आठ सय ७१ मतदाता रहेको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा यस पटकको उपनिर्वाचनमा ४४ हजार २० अर्थात ६१.२४% प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ।
अघिल्लो निर्वाचनमा कुल मतदाता ७० हजार ६ सय ५१ मतदाता रहेकोमा झन्डै ४९ हजार मतदाताले मतदाताले मत खसालेका थिए। त्यसपछि यता एकहजार दुईसय २० जनाले मतदाता बन्नका लागि मतदाता नामावलीमा आफ्नो नाम समावेश गरेका थिए। यसरी सरसर्ती हेर्दा अघिल्लो निर्वाचनमा ४९ हजारको हाराहारीमा मत खसेको र यो निर्वाचनमा ४४ हजारको हाराहारीमा मत खसेको छ । यो सँगै यो निर्वाचनमा थप नामावली पनि हजार बढीले थपेका थिए ।
यसरी तथ्यांक तुलना गरेर हेर्दा कास्की क्षेत्र नं. २ मा अघिल्लो निर्वाचनमा भन्दा यो पटक निर्वाचनमा लगभग ६ हजार मतदाताले मतदान गरेनन् । उक्त २२ प्रतिशत मतदाताले कसलाई मतदान गरेका थिए भन्ने कुराले यो निर्वाचनमा कस्ले जित्छ भन्ने कुराको अर्थ राख्छ ।
अघिल्लो पटकको तुलनामा यस पटकको उपचुनाबमा ६ हजार मत कम खस्नुमा राजनीतिक पार्टीहरुको गतिबिधि नेपाली जनतालाई मन नपर्नु नै प्रमुख मानिएको छ। तर यसको साथमा चुनाब बहिष्कारको घोसना गरेको बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिबिधिकाकारण पनि चुनावमा मतदान कम खसेको अनुमान गरिएको छ।
उपनिर्वाचन बहिष्कार गरेको बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ससक्त रुपमा चुनाब बहिष्कार गर्ने घोषणा गरे पनि चुनावका अवधिभर यही पार्टीले बम बिष्फोट लगायतका गतिबिधि गरेको अनुमान स्थानीय प्रशासनले गरेको च।