निर्वाचन हुने अघिल्लो रात मतदातालाई प्रभाव पार्न बाँड्ने प्रयोजनका लागि लगिएको एक गाडी चामललाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन्।
पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मल पोखरी स्थित जनचेतना बुथ नजिकबाट स्थानीयले शुक्रबार राती ८ बजे चामलको बोरासहित ग२च १३६० नम्बरको जिपलाई आफ्नो नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। सो जिपमा ३० किलो तौलका करीब ३० बोरा चामल रहेको बताइएको छ।
स्थानिय जनता देखेपछि आत्तिएका चालकले जिपको नियन्त्रण गुमाएपछि जिप रोकी खोलेर हेर्दा चामलको बोरा भेटिएको स्थानीय बासिन्दा समेत रहेका नेपाल बिद्यार्थी संघ कास्कीका अध्यक्ष विक्रमादित्य सिंह गिरीले जानकारी दिए।उनले सो चामल बाँड्न सत्तारुढ नेकपाले ल्याएको आरोप लगाए।

अहिले सो जिप र चालकलाई जनचेतना बुथको भवनभित्र सुरक्षित साथ् राखिएको प्राप्त समाचारमा जनाइएको छ।

निर्बाचन आचारसंहिता लागु मतदातालाई प्रभाव पार्ने गरी खाद्यान्न लगायतका सामाग्रीहरु वितरण गर्न पाइन्न। बिशेष गरी हरेक चुनाबमा चुनाबको अघिल्लो रात आचारसंहिता बिपरित गरीब र सुकुम्बासीका घर घरमा लगेर चामल बाँडी मत माग्ने गरिएको छ।