बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)की केन्द्रिय सदस्य एबम कास्की जिल्लाकी कार्यबाहक अध्यक्ष आस्था नेपाली र बृद्ध किसान मेघनाथ आचार्यलाई प्रहरीले गिरफ्तार गरेको छ।
पोखरा महानगरपालिका वडा नं ३३ लामगादी निवासी ६७ वर्षीय मेघनाथ आचार्यलाई विप्लवको कार्यकर्ता भनेर सोधपुछको लागि भन्दै बिहीबार साँझ ७ बजे प्रहरीले गिरफ्तार गरेको हो। उनी लेखनाथ क्षेत्रमा नै दुग्ध उत्पादक किसानका रुपमा परिचित छन्। उनलाई आफनै घरमा गाईभैंसीको स्याहारसुसार गरिरहेको अवस्थामा गगनगौंडा प्रहरी चौकीका प्रहरी नायब निरिक्षक (सई)को नेतृत्वमा गएको प्रहरीहरुको टोलीलेले गिरफ्तार गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ। हाल डांडानाक प्रहरीचौकी शिशुवा लेखनाथमा राखिएका आचार्यलाई आफन्तसंग भेट गर्न नदिएको परिवारहरुले गुनासो गरेका छन्।
यसैबीच ढिलो गरी प्राप्त जानाकारा अनुसार, बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)की केन्द्रिय सदस्य एबम कास्की जिल्लाकी कार्यबाहक अध्यक्ष आस्था नेपालीलाई स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १ हुमिकोटबाट करिब एक हप्ता अघि गिरफ्तार गरेको छ। आफ्ना माहिला हजुरबुबा टहलसिंह नेपालीको स्वर्गारोहण पछि हुने धार्मिक परम्परामा सहभागी हुन् आफ्नो पुर्ख्यौली थलो पुगेकी नेत्री आस्थालाई स्याङ्जा प्रहरीले गिरफ्तार गरेको हो। हाल जिल्ला प्रहरी कार्यालय स्याङ्जाको हिरासतमा रहेकी उनलाई प्रहरीले सार्वजनिक अपराध सम्बन्धि मुद्दा चलाएको प्राप्त समाचारमा जनाइएको छ।
प्राप्त पछिलो अर्को जानकारी अनुसार, गएको मङ्सिर ११ गते पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा सत्तारुढ नेकपाले आयोजना गरेको अन्तिम चुनाबी सभामा बम बिष्फोट भए लगत्तै गिरफ्तार भएका फिर्केखोला मापदण्ड सरोकार समितिका महासचिव कृष्णप्रसाद घिमिरे ‘टिकाराम’लाई प्रहरीले भोलिपल्ट रिहा गरेको छ। बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी साम्र्थक रहेको आरोप लगाउंदै गिरफ्तार गरिएका घिमिरे दश वर्षे जनयुद्धका क्रममा तात्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव प्रचण्डका बडी गार्ड रहेका थिए। तर पोखराबाटै गिरफ्तार गरिएका पत्रकारद्वय राजकुमार घिमिरे र आश तमुलाई प्रहरीले सार्वजनिक मुद्दा चलाई हिरासतमा राखेको छ।
पत्रकार घिमिरे संचारकेन्द्र डट कमका पोखरा समाचारदाता हुन् भने पत्रकार तमु राजनीति डट कमका सहसम्पादक हुन्।