अन्तत: अदालतको मानहानी मुद्दा लगाउने सर्बोच्च अदालतले चेतावनी दिएपछि कानूनी राज र न्यायालयमाथि वलात्कार गरेको सरकारले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’लाई रिहा गर्न बाध्य भएको छ।
जिल्ला प्रहरी कार्यलयको हिरासतमा झुठ्ठा मुद्दा लगाएर राखिएका नेता रुपेशका दाजु मुकेश वाग्लेले सर्बोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण मुद्दामा आज माननीय न्यायाधीशद्वय हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले नेता रुपेशलाई “कुनै राजनीतिक समुहसंग आबध्ह भएको आधारमा बदनियत राखी प्रवृत्त भावना राखेर पक्राउ गरेको कार्य अनुचित देखिएको भन्दै तत्काल थुनामुक्त गर्न आदेश थियो।
त्यति मात्र हैन सर्बोच्च अदालतले नेपाल सरकार, गृह मन्त्रालय र सो मन्त्रालय मातहत रहेका जिल्ला प्रशासन कार्यालय तथा , नेपाल प्रहरी र सो मातहत रहेका प्रहरी कार्यालयहरुलाई नेपालको संबिधानको धारा १२८ को उपधारा ४ मा उल्लेखित प्राबधान उल्लेख गरेरै ध्यानाकर्षण गराएको छ। त्यस उपधारामा “नेपालको संबिधानको धारा १२८ को उपधारा ४ मा मुद्दा मामिलाको रोहमा सर्बोच्च अदालतले गरेको संबिधान र कानूनको व्याख्या वा प्रतिपादन गरेको सिद्धान्त सबैले पालना गर्नुपर्नेछ। सर्बोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानून वमोजिम अवहेलनामा कारवाही चलाई गर्न सक्नेछ। ” भनिएको छ।
अदालतको यस चेतावनीपूर्ण आदेशपछि रिहा भएका नेता रुपेशालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको प्रहरी भ्यानले न्यायालय र कानूनको वलात्कार गर्दै सर्वोच्च अदालत परिसरबाटै बलजफ्ती गिरफ्तार गरेको थियो। त्यस गिरफ्तारीको बिरोधमा नेपाल बार एसोसिएशनका अध्यक्षलगायतका पदाधिकारी र वकिलहरुले प्रहरीसंग प्रतिवाद गर्दै कानुनी राजाको प्रत्याभूत गर्न र अदालतको आदेशको पालना गर्न आव्हान गरेका थिए। तर प्रहरीले नेता रुपेशलाई गिरफ्तार गरेर महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ पुर्याएको थियो। त्यहाँ अदालतको आदेश हेरेपछि वाध्य भएर प्रहरीले नेता रुपेशलाई दाहु मुकेश वाग्लेको जिम्मा लगाएको थियो।
नेता रुपेश अहिले उनका आफन्तसंग सुरक्षित रहेको पारिवारिकस्रोतले जानकारी दिएको छ। नेता रुपेशको पक्षमा बरिष्ठ अधिवक्ता एकराज भण्डारी र अधिवक्ताद्वय कपिल्चान्द्र पोख्रेल तथा दयानन्द पोखरेलले बहस गरेका थिए।

नेता रुपेशाको पक्षमा जारी सर्बोच्चको आदेश

नेता रुपेशाको पक्षमा जारी सर्बोच्चको आदेश
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’ र जनसंचार डट कमका सम्पादक ओम हमाललाई गएको भदौ ६ गते पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३१ लेखनाथ खुदीबाट गिरफ्तार गरेको थियो।
अन्तरवार्ता लिन पुगेका पत्रकार हमाल पनि अदालतको आदेशले भदौ २४ गते रिहा भैसकेका छन्। त्यसपछि पनि फेरी गिरफ्तार गरिएका नेता रुपेशलाई प्रहरिले स्याङ्जा, पर्वत, म्याग्दी,तनहुँ, लमजुन,गोर्खा र नवलपुर जिल्ला पुर्याएर झुट्ठा मुद्दा लगाउंदै आएको थियो। पटक पटक उनको पक्षमा उनका दाजु मुकेश वाग्लेले सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दा हालेका थिए। उनको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्बोच्च अदालतले हरेक पटक नेता रुपेशलाई निर्दोष भन्दै रिहा गर्न आदेश दिएको थियो।