‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाही निस्कासित

‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाही निस्कासित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ मंसिर २०७६
  • 5.4K
    Shares

ज्ञानेन्द्र शाही

‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ ।  ‘नेपालका लागि नेपाली’ अभियानको बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिएका छन् ।

अभियन्ता बालकृष्ण न्यौपानेले भने, ‘हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, उनले त गणतन्त्रको कुरा गर्न थाले ।’

अब उप्रान्त शाहीले दिने कुनै पनि अभिव्यक्ति, कार्यक्रम र गतिविधिमा नेपालका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ । नेपालीका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया