अर्घाखाँचीको नरपानीमा बस दुर्घटना, १५ जना यात्रुको मृत्यु

अर्घाखाँचीको नरपानीमा बस दुर्घटना, १५ जना यात्रुको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ मंसिर २०७६
  • 3.3K
    Shares

अर्घाखाँचीको नरपानीमा दुर्घटनाग्रस्त बस

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको बस  सन्धीखर्क नगरपालिका-६, नरपानीमा सडकबाट करिब चार सय मिटर तल खसेर भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने अन्या ११ जना घाइते भएका छन् ,

५ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार, दुर्घटनामा परि नं. ५ बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको छ भने अन्यको सनाखत हुन सकेको छैन ।

घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ । मृतक र घाइतेको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्।

प्रतिक्रिया