सत्तारुढ नेकपाद्वारा आज पोखराको नयाबजारर्स्थित प्रदर्शनीस्थलमा आयोजित अन्तिम चुनावी सभा चलिरहँदा आज दिउँसो बम बिस्फोट भएको छ। सो बिस्फोटमा परि एक महिला सामान्य घाइते भएकी छिन।
यही मंसीर १४ गते हुन गईरहेको उप्-निर्वाचनको अन्तिम चुनाबी सभा चलिरहँदा भएको बिस्फोटनमा परि पांच जना घाईते भएका छन्। सो घटनामा परि पोखरा महानगरपालिका-१५ गलेश्वर बस्ने वर्ष ५५ कि धनमाया सुनार, पोखरा १० बस्ने वर्ष ५४ कि कृष्ण गुरुङ अधिकारी, पोखरा १५ गलेश्वर बस्ने वर्ष ४५ कि रमिला सार्फी, सोही ठाउँकी र्ष ५५कि जानकी पोख्रेल र वर्ष ५७ कि पुर्ण माया बि.क सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।


कास्की-२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावी सभामा संसदीय दलका उपनेता एबम पुर्व सभामुख सुबाशचन्द्र नेम्वाङ्गले आफ्नो मन्तब्य राखिरहेका बखत कार्यक्रमस्थलभन्दा करीब एकसय मिटर पर रहेको बसपार्कमा विस्फोट भएको थियो ।
यसैबीच कास्की प्रहरीले सोही घटनामा संलग्न रहेको आरोप लगाउंदै एक जना बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता गिरफता गरिएको जानकारी दिएको छ। तर प्रहरीले गिरफ्तार गरिएका ने.क.पा. नेताको नाम सार्वजनिक गरेको छैन।
यसअघि उम्मेदवारी दर्ताको दिन कात्तिक २१ गते पनि कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै अज्ञात समूहले बम विस्फोट गराएको थियो ।
यसैबीच, चुनाबी सभामा बिष्फोट भए लगत्तै गण्डकी प्रदेशको कार्यालय र संघीय प्रहरी कार्यालय पोखराको पार्दीस्थित कार्यालयसंगै किराना पसल गरि बसेका बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीका पुर्व सदस्य कृष्ण घिमिरे ‘टिकाराम’लाई प्रहरीले उनकै घर पसलबाट गिरफ्तार गरेको छ। उनी १० वर्षे जनयुद्ध कालमा सहनशिला नामले परिचित तातकालीन नेकपा (माओवादी)का अध्यक्ष एबम वर्तमान सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डका बडीगार्ड रहेको बताइन्छ।
करीब डेढ वर्ष यता पार्टीसंग सम्पर्कबिहीन बनेर आफ्नो व्यवसायमा लागेका घिमिरे हाल फिर्के मापदण्ड सरोकार समितिका महासचिव हुन्। घिमिरेलाई हाल वडा प्रहरी कार्यालय बैदाम पोखरामा राखिएको परिवारिक स्रोतले जनाएको छ ।