चुनाब हार्ने देखेपछि नेका प्रवेश गरेका परियारमाथि सत्तारुढ नेकपा कार्यकर्ताद्वारा आक्रमण

चुनाब हार्ने देखेपछि नेका प्रवेश गरेका परियारमाथि सत्तारुढ नेकपा कार्यकर्ताद्वारा आक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० मंसिर २०७६
  • 4.7K
    Shares

टेकबहादुर परियार

 

भारतपुर, १० मंसिर ।

चुनाव हार्ने देखेपछि उपनिर्वाचनको मुखमा नेपाली कांग्रेस प्रवेश गरेका एक स्थानीय नेतालाई चितवनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता दीपक मगरले कुटपिट गरेर घाइते बनाएका छन् ।

आफ्नो पार्टीबाट गएको मंसिर्र ६ गते नेपाली कांग्रेसमा प्रवेश गरेका ‘प्रचण्ड’ निकट मानिने मगरले नेता टेकबहादुर परियारलाई कुटपिट गरेका  हुन्।

मगरले खैरहनीस्थित चैनपुरमा रहेको घरमै पुगेर परियारलाई रडले प्रहार गरेको नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । कुटपिटबाट परियारको टाउकोमा छ वटा टाँका लगाइएको छ भने शरीरभरि निलडाम रहेको छ । परियारलाई कुटपिट गर्ने नेकपाका स्थानीय नेता मगरलाई प्रहरीले पक्राउ गरेको छैन ।

सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड तीन दिनदेखि चितवनमा छन् । प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले मगरलाई राजनीतिक संरक्षण दिएको आरोप नेपाली कांग्रेसको छ ।

आगामी मङ्सिर १४ गते खैरहनीको वडा नम्बर ५ मा वडाध्यक्ष  पदका लागि उपनिर्वाचन हुँदैछ।  सो उपनिर्वाचनमा नेपाली कांग्रेसले प्रतिमा कार्की बस्नेतलाई वडाध्यक्ष पदको उम्मेदवार बनाएको छ।

नेपाली कांग्रेसले उपनिर्वाचनमा वडाध्यक्ष पद जित्ने देखेपछि आत्तिएको सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूमाथि सांघातिक आक्रमणमा उत्रिएको आरोप चितवन कांग्रेसका सभापति श्रेष्ठको टिप्पणी छ  ।

नेकपाका दोस्रो तहका अध्यक्ष प्रचण्ड तीन दिनदेखि चितवनमा छन् ।

 

प्रतिक्रिया