कसका लागि काम गर्देछन् पचण्ड ?

कसका लागि काम गर्देछन् पचण्ड ?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० पुष २०७३
  • 12.3K
    Shares

अन्ततः प्रचण्डको राष्ट्रवाद समयको चक्र सँगै आएर देखिएको छ । १० वर्षे लामो जनयुद्ध, दशौ हजारको मृत्यृ हजारौको अंगभंग को तेजिलो राप सेलाउन नपाउदै आखिर प्रचण्ड के का लागि यति धेरै व्यक्तिको निहत्या वलिदानी लिन अग्रसर भए भन्ने कुरा अनादिकाल सम्म यो विश्लेषणको विषय वन्ने नै छ । तैपनि परिवर्तनका खातिर यति लामो, ठुलो र विश्वलाई नै चकित पार्ने प्रचण्ड यति चाडै पतोन्मुख हुनेछ भनेर सोच्ने हिम्मत र साहस भने कसैले गरेका थिएनन् । विश्वलाई नै आश्चर्यचकित हुने गरि उदाएका प्रचण्ड जति छोटो समयमा हिरो वनेका थिए, त्यति नै दृत्ततर गतिमा ओरालो लागेको देख्दा प्रचण्डका राष्ट्रवाद, हिजो को परिवर्तनका नारा, सार्वभौम नेपालका कल्पना त केवल कुर्सि र आर्थिक लाभका लागि मात्र रहेको पुष्टि गरेको छ । जुन परिणामले अन्तत प्रचण्ड भोलि कहाँ जालान भन्ने विभिन्न कोणवाट वहसको विषय वन्न थालेको छ । प्रचण्ड आफैमा सिमित व्यक्ति होईनन् उनि त पटक पटक देशका प्रधानमन्त्री समेत वनेका सार्वजनिक व्यक्ति हुन् । जसको निर्णयले गर्दा वहाँको व्यक्तिगत जीवनलाई गर्ने असर आम जनतालाई सरोकारको विषय वन्दैन तर वहाँको हरेक निर्णयले समग्र नेपाल र नेपालीको भाग्य भरोशामा अडिएको हुदाँ सर्वत्र चासोको विषय वन्नु अनावश्यक होईन । जव मानिस विचार र चेतनावाट विमुख हुदै जान्छ, त्यसको दीर्घकालिन असरले समग्र पुस्ता र देशमा नै असर गर्दछ । त्यहि चेतना विहिन उन्मुख प्रचण्डका हरेक गतिविधि देश र जनतालाई अन्धाकारको भुमरीमा पार्देछ । यहि भुमिका सँगै प्रधानमन्त्री प्रचण्डका हिजोका भुमिका र आजका भुमिकालाई आम जनताले नजिकवाट नियाली रहेका छन् । जनताहरु सोच्दै छन् । के हिजोका प्रचण्ड र आजको प्रचण्ड एउटै हुन् ?
द्धन्द्धलाई शान्तिपुर्ण तवरवाट अवतरण गरेर चुनाव मार्फत पहिलो शक्तिमा उदाएका तत्कालिन माओवादीका अध्यक्ष प्रचण्ड माथी नेपाली जनताको ठुलो आड र भरोशा रहेको थियो । परिवर्तनका खातिर जनताले माओवादी र प्रचण्डलाई ठुलो पाटी वनाएको थियो । ठुलो पार्टीको शक्ति उन्माद सँगै सरकारमा गएको माओवादी प्रचण्डको साख त्यहि वेला देखि नै गिर्न थाल्यो । परिवर्तनका लागि भन्दै समाजीक वस्तुस्थिती लाई नजरअन्दाज गरि सत्ता र शक्तिको उन्मादले गर्दा ३ महिना पछि नै स्वाभाविक अवकाशमा जाने तत्कालिन प्रधानसेनापति रुक्मागंत कटुवाललाई हटाएर माओवादीले आफनो खुटामा वन्चरो हन्यो । देश नै माओवादी वनेको आभास गरेको प्रचण्डको त्यहि उन्मादले नै आजको दिनसम्म आईपुग्दा प्रचण्ड र नेकपा माओवादी पार्टी विघटनको दिशातर्फ उन्मुख वनिरहेको छ नै देश र जनतालाई नै अनिश्चय र अनिर्णयको भुमरीमा हालिरहेको छ । यहि विवेक शुन्य वनेका प्रचण्डका हरेक निर्णयले आज देश मा नै अराजकता र राष्ट्रिय स्वाभिमान, देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनतामा नै आँच आईरहेको छ । जुन हरेक नेपालीका लागि दुखद पक्ष हो ।
समयको चक्रसँगै प्रचण्डको राष्ट्रवाद र भारत निति प्रष्ट वनेको छ । पटक पटक सरकारको नेतृत्व गरेर पनि जनताका जनजीविका लाई सम्वोधन गर्न नसकेको प्रचण्डको असली स्वरुप प्रकट भएको छ । नौ महिनाका कागजमा सहि गरेर नेकपा एमालेको राष्ट्रवादी सरकार ढालेर भारतको डिजाइनमा वनेको प्रचण्ड सरकारका कार्यकाल केहि समय मात्र वाकि रहेको छ । संविधानका कार्यन्वयन मा लागी ०७४ माघ ७ गते भित्र तीनै वटा निकायको चुनाव गर्नु पर्ने दायित्व वोकेको प्रधानमन्त्री प्रचण्ड भने विवादरहित सिमाङ्गन र नागरिकता जस्तो विषयलाई ल्याएर आफनो कार्यकाल लम्वाउने मात्र होईन, देश लाई नै असर गर्ने र विदेशीको हातमा देशलाई सुम्पने डिजाइन संसदमा ल्याएर हंगामा मच्चाउदैछ । सिमाङ्कन हेरफेर संघिय संसदले मात्र गर्ने सक्ने संवैधानिक व्यवस्था हुदाँहुदै संविधानको समेत वेवास्ता गरि जसरी पनि एमालेलाई कमजोर वनाई अगामी चुनावमा जित हात पार्ने अभिष्ट पालेको छ । सिमाङ्कनको हेरफेर गर्ने स्थानिय जनता र संघिय आयोगलाई मात्र अधिकार भएता पनि प्रचण्डको भारतपरस्त निति ले गर्दा मिलेर वसेको नेपाली जातजाति विचमा लडाई चर्काउन उद्यत रहेको पाईन्छ । मधेशवादी दललाई समेत सहमतिमा ल्याई संविधानमा सवैको स्वामित्व गराउने भनि गरिएको संविधान संशोधनको नाराले गर्दा कतै प्रचण्डको भुमिका भारत परस्त त छैन भन्ने हरेक कोणवाट आलोचना हुन थालेको छ । मधेशवादी दलको लागि भनेर दर्ता गरिएको संविधान संशोधन स्वर्य मधेशवाी दलवाट समेत अमान्य भनिसक्दा पनि प्रचण्ड भने जसरी पनि संविधान संशोधन गराई छाडने आत्मरतिमा रमेको छ । प्रचण्डको यहि भुमिकाका कारण प्रचण्ड कसका लागि र के का लागि संविधान संशोधनमा लागिरहेको छ भन्ने कुरा छर्लङ्ग पारेको छ ।
विचार र विवेक शुन्य भईसकेपछि हरेक व्यक्तिको व्यवहार अराजकतामा रुपान्तरण हुने गर्दछ, त्यसको संकेत नै प्रचण्डका रोईलो हो । देश र जनतालाई परिवर्तन र संविधानलाई सफल कार्यन्वयन गरि निश्चित समयभित्र तीनै निकायको निर्वाचन गरेर देशलाई निकाश दिनु भन्दा अझै पनि केहि समय सत्ता र शक्तिमा रम्न सकिन्छ कि भन्ने आत्मरतिमा प्रचण्ड घोत्लिएको देखिन्छ । जुन प्रचण्डको आत्मरति शिवाय केहि हुन सक्दैन । प्रचण्डका वढ्दो उन्मादले पहिलो दलवाट तेश्रो दलमा खुम्चिएको प्रचण्ड र सो पार्टीको भुमिका के हुने हो भन्ने कुरामा अव धेरै घोत्लिन पर्देन । यहि आश त्रासको विचमा वगेको प्रचण्डका दिनचर्या, योग र भोगको वीचमा घोत्लिएको प्रचण्ड स्वयं थाहा छ, भोलिका मेरा जीवन यो अवस्थामा रहने छैन,यहि विश्मयले प्रचण्ड जसरी हुन्छ कार्यकाल लम्वाउने अनेकौ हत्कण्डामा लाग्ने नै छन् । जुन केहि समयमा अरु प्रस्फुटन हुने नै छ । यद्यापी देश र जनताका वर्खिलाप गर्ने निर्णयका विरुद्ध सम्पुर्ण जनता एकतावद्ध भई संघर्ष गर्नुको विकल्प छैन ।
वक्स १
संविधानका कार्यन्वयन मा लागी ०७४ माघ ७ गते भित्र तीनै वटा निकायको चुनाव गर्नु पर्ने दायित्व वोकेको प्रधानमन्त्री प्रचण्ड भने विवादरहित सिमाङ्गन र नागरिकता जस्तो विषयलाई ल्याएर आफनो कार्यकाल लम्वाउने मात्र होईन, देश लाई नै असर गर्ने र विदेशीको हातमा देशलाई सुम्पने ग्रायण्ड डिजाइन संसदमा ल्याएर हंगामा मच्चाउदैछ । सिमाङ्कन हेरफेर संघिय संसदले मात्र गर्ने सक्ने संवैधानिक व्यवस्था हुदाँहुदै संविधानको समेत उल्लंघन गर्देछ ।
वक्स २
मधेशवादी दलको लागि भनेर दर्ता गरिएको संविधान संशोधन स्वर्य मधेशवाी दलवाट समेत अमान्य भनिसक्दा पनि प्रचण्ड भने जसरी पनि संविधान संशोधन गराई छाडने आत्मरतिमा रमेको छ । प्रचण्डको यहि भुमिकाका कारण प्रचण्ड कसका लागि र के का लागि संविधान संशोधनमा लागिरहेको छ भन्ने कुरा छर्लङ्ग पारेको छ ।

प्रतिक्रिया