क्रिसमसको पुर्वसन्ध्यामा १४ जनाको मृत्यु

क्रिसमसको पुर्वसन्ध्यामा १४ जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ पुष २०७३
  • 15.2K
    Shares

क्रिसमसको पुर्वसन्ध्यामा मलेसियामा भएको दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १६ जना घाइते भएको मलेसियाको सरकारी समाचार संस्था बर्नामाले जनाएको छ ।

मृतकमध्ये १३ जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा पुगेपछि मृत घोषणा गरिएको अस्पतालका अधिकारीहरुले बताएका छन् । मलेसियाको जोहोर बरुदेखि क्वालालमपुरतर्फ गईरहेको बस जोहोर राज्यको उत्तर दक्षिण द्रतमार्गमा स्थानीय समय अनुसार शुक्रबार विहान ४ बजे दुर्घटना भएको हो । घाइते भएकाहरुमध्ये मलेसिया बाहेक सिङ्गापुर र म्यानमारका पनि रहेका बर्नामाले जनाएको छ ।

दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको र प्रारम्भीक विवरणहरुमा सडकको अवस्था राम्रो नै पाइएको जोहोर अग्नी नियन्त्रण तथा उद्धार विभागका निर्देशक मोहद युसुफ गुन्नोसले जानकारी दिए ।

मलेसियामा लाखौं मानिस क्रिसमसको तीन दिने विदामा कार लिएर विभिन्न ठाउमा घुम्न जाने गर्दछन् ।

प्रतिक्रिया