नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगु देखिएको छ ।
मन्त्री खनाललाई ज्वरो आउने, टाउको दुख्ने समस्या देखापरेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गरिएको थियो ।
परिक्षणमा उहालाई डेंगु भएको पुष्टि भएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।