पत्रकार हमाललाई प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै झुट्टा मुद्दा,७ दिनको म्याद थप गरि हिरासतमा

पत्रकार हमाललाई प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै झुट्टा मुद्दा,७ दिनको म्याद थप गरि हिरासतमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ भाद्र २०७६
  • 7.8K
    Shares

पत्रकार ओम हमाललाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौमा प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै झुट्टा मुद्धा लगाईएको छ । सर्वोच्च अदालतको आदेशमा स-सम्मान रिहाई भएका हमाललाई पुन पक्राउ गरी काठमाडौ जिल्ला प्रशासन कार्यालबाट ७ दिनको म्याद थपिएको छ ।
उनलाई प्रहरी प्रशासनले सर्वोच्च अदालतको गेट बाट आदेशको वास्तै नगरी अमानवीय तरिकाले पक्राउ पुर्जी माग्दा माग्दै जबरजस्ती बल प्रयोग गरेर प्रहरी भ्यानमा लगेको थियो ।
सर्वोच्च गेटबाट गम्भीर अपराधीलाई जसरी लगेको प्रहरीले रात भरि गायब बनाएर विहान १० बजेतिर प्रहरी महानगर परिसर टेकुमा राखेकोे बुझिन आयो ।
पत्रकार हमाललाई प्रहरीले जबरजस्ती पक्राउ गर्दा हात भरि कोतारिएको, निलडामहरु तथा उनले लगाएको चस्मा समेत फुटेको छ ।

प्रतिक्रिया