स्थानिय अदालतद्वारा करीब साढे सात अर्ब रुपियाँ हुण्डी गर्ने तीन नेपालीको धरौटी अस्ट्रेलियामा अस्वीकार

स्थानिय अदालतद्वारा करीब साढे सात अर्ब रुपियाँ हुण्डी गर्ने तीन नेपालीको धरौटी अस्ट्रेलियामा अस्वीकार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ साउन २०७६
  • 9.2K
    Shares

गगनदीप पहवा, , गोपाली दाहाल ,विपिन थापा

१० करोड अष्ट्रेलियन डलर (करिब ७ अर्ब ५९ करोड २ लाख रुपैयाँ ) अवैध हुण्डी कारोबारको अभियोगमा पक्राउ परेका नेपालीलाई स्थानीय अदालतले धरौटीमा छाड्न अस्वीकार गरेको छ ।  ३० वर्षीय गगनदीप पहवा, उनका साझेदार ३० वर्षीय गोपाली दाहाल र उनीहरुका एशोसिएट २९ वर्षका विपिन थापालाई  स्थानीय अदालतले धरौटीमा छाड्न अस्वीकार गरेको हो  ।

पहवा र थापालाई स्थानीय पारामत्ता अदालतमा अडियो भिजुअल लिंकमार्फत पेश गरिएको थियो भने दाहाललाई अडियो भिजुअल लिंकमार्फत् नै फेयरफिल्ड स्थानीय अदालतमा पेश गरिएको थियो ।

द सन्डे मर्निङ्ग हेराल्डकाअनुसार , क्रिमिनल ग्रुप्स स्क्वाडले उनीहरुलाई गएको बिहीबार पक्राउ गरेको थियो । प्रहरीले उनीहरुसँगबाट ४ लाख डलर समेत बरामद गरेको थियो । उनीहरुसँगबाट पैसा गन्ने मेशिन, तीनवटा सवारी साधन र कपडा पनि प्रहरीले फेला पारेको थियो ।

तीनैजनाले साउथ वेस्ट सिड्नी सेक्युरिटी बिजनेशलाई आफ्नो देखिने कारोबारका रुपमा अघि सारेका थिए । सो प्रकरणमा ५ व्यक्तिलाई अभियुक्त बनाइएको देसीब्लिज अनलाइन संस्करणले जनाएको छ । सो अनलाइनका अनुसार सो घटनामा ३१ वर्षीय भारतीय नागरिक मनमिन्दर सिंहलाई पनि जुलाई २५ का दिन पक्राउ गरिएको थियो । उनले एकै दिनमा ९ पटक गरेर ५ लाख डलर डिपोजिट गरेको पाइएको छ । उनी भारतको पन्जाबका भएको बताइएको छ ।

तीन-चार वर्षको अवधिमा ८ करोड डलरसम्मको कारोबार गरेको पाइएको छ । उनीहरुको नेपाल कनेक्सनको बारेमा भने कुनै जानकारी भएको छैन ।

फौजदारी वकिल इजाज खानले आफू र आफ्नो टोलीले प्रहरीको पूर्ण ‘फ्याक्ट सिट’ हेर्न बाँकी रहेको जनाएका छन् । पहवालाई आपराधिक समूहलाई परिचालन गरेको अभियोग लगाइएको छ भने थापा र दाहाललाई आपराधिक गतिविधि अघि बढाउन भूमिका खेलेको आरोप लगाइएको छ ।अदालतको कागजातका अनुसार यो अपराधमा संलग्न तीन जनाले १०० मिलियन डलर  भन्दा माथिको गलत धन्दा गरेको पाइएको छ ।

प्रतिक्रिया