अनुहारको हड्डी भाँचिदिएको आरोपमा जापानमा चार नेपाली पक्राउ

अनुहारको हड्डी भाँचिदिएको आरोपमा जापानमा चार नेपाली पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ असार २०७६
  • 8.2K
    Shares

जापानको राजधानी टोकियोको सिन्जुकुकु को ह्याकुनिन्च्यो स्थित बोटोमा एक १९ वर्षिय नेपाली युवकलाई कुटपिट गरी अनुहारको हड्डी नै भाँचिदिएको आरोपमा टोकियो प्रहरीले एक महिला सहित ४ जना नेपालीलाई पक्राउ गरेको छ ।

२७ वर्षिय दिलिप लामा तथा सुनिता शाही संगै अन्य २ जनालाई  प्रहरीले पक्राउ गरेको बताईएको छ । पक्राउ परेका मध्ये लामा टोकियो ब्रदर नामक ग्रुपसंग आबद्द रहेको बताईएको छ ।

उनिहरुले अघिल्लो महिनाको ५ तारिख राती टोकियोको सिन्जुकुकु को ह्याकुनिन्च्यो स्थित बोटोमा एक १९ वर्षिय नेपाली युवकलाई कुटपिट गरी अनुहारको हड्डी नै भाँचिदिएको बताईएको छ ।  टोकियो महानगरिय प्रहरीका अनुसार, घाईतेलाई त्यसका अलावा अन्य गम्भिर चोटपटक पनि लागेको छ ।

प्रतिक्रिया