गर्मी याममा खरबुजा खानु फाइदै-फाइदा

गर्मी याममा खरबुजा खानु फाइदै-फाइदा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ बैशाख २०७६
  • 6.7K
    Shares

गर्मी समयमा अधिकांसको रोजाइमा पर्ने फल हो खरबुजा । बृद्ध देखि बच्चासम्मको रोजाइमा यो फल पर्दछ । हामी यो फल प्रशस्त मात्रामा खान्छौ तर यसका फाइदाका बारेका अनभिज्ञ हुन सक्छौ । गर्मी याममा बजारमा पाइने यस फल खरबुजामा ९५ प्रतिशत पानी हुनुका साथै भिटामिन तथा विभिन्न खाले लवण पनि प्रसस्त मात्रामा पाइन्छ ।
यसमा प्रयाप्त मात्रामा पानी पाइने हुदा शरीरलाई शीतलता प्रदान गर्दछ । यो फलको प्रयोगबाट मानव स्वास्थ्यमा धेरै फाइदा लिन सकिन्छ । यसमा क्यालोरी तथा चिनीको मात्रा न्यून हुदा शरीर मोटो हुनेहरुलाई फाइदा गर्दछ । त्यतिमात्र नभई यसमा पाइने भिटामिन ए ले आाखा तथा छालालाई समेत लाभ दिन्छ ।
तसर्थ यस फलको प्रयोगबाट पाइने फाइदा केही यस छन् ः

– यस फलको नियमित प्रयोगले कब्जियत तथा पेट सम्बन्धि समस्याका लागि फाइदाजनक हुन्छ ।
– खरबुजामा भिटामिन बी पाइन्छ यसले सरीरमा उर्जाबर्धक तत्वको काम गर्छ ।
– खरबुजामा पाइने कोलाजन प्रोटिनले छालामा पाइने कनेक्टिभ तन्तुका कोशिकाको संरचनालाई तन्दुरुस्त राख्छ । यसले छालाको सुन्दरता कायम राख्न मद्दत गर्छ ।
-खरबुजामा एडेनोसिन नामक एन्टिकुएगुलेन्ट तत्व पाइन्छ । जसले रक्तकोशिकाहरुलाई जम्न दिँदैनन् ।
-खरबुजाको नियमित भोजनले मुत्र विकार सम्बन्धि समस्या, मृगौला सम्बन्धि समस्या तथा मृगौलाको पत्थरी लगायतका समस्याको समाधानमा पनि सहयोग पूराउँछ ।
-खरबुजाको भोजन तनाबबाट मुक्तिका लागि समेत कामयावी हुन्छ । यसमा पाइने पोटासियम तत्वले मुटुको धड्कन, सरीरको रक्तप्रवाहलाई सन्तुलित गर्छ । खरबुजाको सेवनले मधुमेहको जोखिम पनि कम गर्छ ।

प्रतिक्रिया