लोकदोहोरी गायक एवं सञ्चारकर्मी प्रकाश रसाईलीको आँटो ढिँडो गीत सार्वजनिक भएको छ । रसाईली आफ्नै शब्द र स्वर रहेको यो गीतमा गायिका बिमला श्रेष्ठले साथ दिएकी छन् । गीतको भाका अर्जुन बिश्व ‘आवास’ ले तयार गरेका हुन् ।
गाउँले परिवेशमा हुर्केका युवा शहरमा पढ्ने क्रममा युवतीसँग भएको प्रेम र त्यसलाई सफल पार्न आफूसँग बिहे गरेपछि गाउँमा दुःख गर्न नसक्ने आशंका गीत मार्फत ब्यक्त गरिएको छ ।
S3K entertainment मार्फत बजारमा आएको उक्त गीतको भिडियोमा रमेश रसाईलीले मेहनत गरेका छन् । भिडियोमा प्रकाश सुनार ‘सेञ्चुरी’ र रश्मी रिया खत्रीको अभिनय रहेको छ । गीतको एरेञ्ज सागर विरहीले गरेका हु्न् ।