अहिले वार्ताको न सन्दर्भ छ, न त औचित्य नै : ने.क.पा.

अहिले वार्ताको न सन्दर्भ छ, न त औचित्य नै : ने.क.पा.


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० बैशाख २०७६
  • 9.4K
    Shares

विप्लव

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारसंग वार्तामा बस्न तयार रहेको भन्दै केही संचार माध्यमले स्याल हुंइया गरेपछि सोही पार्टीका एक प्रभावशाली नेता अनिल शर्मा ‘बिरही’ले सरकारसंग वार्ताको कुनै सम्भावना नरहेको स्पस्ट पारेका छन्

पार्टीको पोलिटब्युरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज समेत रहेका नेता बिरहीले सरकारसंग वार्ताको कुनै सम्भावना नरहेको स्पस्ट पार्दै बिभिन्न सन्चारमाध्यमले आफ्नो नाम जोडेर नियोजित रुपमा भ्रामक समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाएका छन् ।

नेता बिरहीले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नाम जोडेर केही सञ्चारमाध्यममा ‘पार्टीलाई सरकारसँग वार्ताका लागि दबाब दिएको’ भन्ने समाचार प्रकाशित भएकोमा उक्त समाचार नियोजित र  भ्रामक रहेको टिप्पणी गरेकाछन् ।
विज्ञप्तिमा उनले केपी ओली र बादल सरकारले नेकपाका विरुद्ध प्रचारयुद्धलाई घनीभूत बनाएको भन्दै विरहीले उक्त समाचार समेत ‘फुटाऊ र राज गर’ भन्ने मनसायबाट निर्देशित रहेको बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘केपी ओली र बादल सरकारले नेकपाका विरुद्ध प्रचारयुद्धलाई घनीभूत बनाएको छ । मेरो नाम जोडेर नेकपाको नेतृत्वलाई वार्ताका लागि दबाब दिएको भनी सार्वजनिक भएको समाचार भ्रमपूर्ण, कपोलकल्पित हुनुका साथै फुटाऊ र राज गर भन्ने मनसायबाट निर्दे्शित छ ।’

त्यस विज्ञप्तिमा अघि भनिएको छ, “सैद्धान्तिक रुपमा हामी वार्ताका विरोधी होइनौँ भन्ने कुरा पटकपटक सार्वजनिक गर्दै आएका छौँ तर अहिले वार्ताको न सन्दर्भ छ, न त औचित्य नै । यसप्रकारको समाचारमा कुनै सत्यता नरहेको तथा पार्टीको नीति र कार्यक्रमप्रति हामी सबै दृढ रहेको सबैमा अपिल गर्दछु । ‘

प्रतिक्रिया