सरकारले प्रतिबन्ध लगाएसँगै नेक्रवित्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् । यसैक्रममा शुक्रबार कास्की जिल्ला जनसरकार प्रमुख रामकाजी गुरुङ पक्राउ परेका छन् ।
निर्माण व्यवसायी समेत रहेका गुरुङ पोखरा महानगरपालिका वडा नम्बर २५ याम्दीमा निर्माणाधीन स्वीमिंग पुलमा काम गरिरहेका बखत उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको बताइएको छ ।
गत मंगलबार मात्र तमुवान् जनसरकार प्रमुख किसानसिंह गुरुङलाई प्रहरीले पोखरा – २७ रिठेपानीस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो।
त्यस अघि प्रहरीले विप्लव नेतृत्वको नेकपा कार्यकर्ता रहेको आरोपमा अखिल नेपाल सेक्युरिटी मजदुर संघ क्रान्तिकारीका कास्की जिल्ला संयोजक अमृत सापकोटालाइ पक्राउ गरेको थियो l प्रहरीले विप्लव नेतृत्वको नेकपा समर्तक रहेको आरोपमा सर्वसाधारण नागरिकहरु गणेश अधिकारी, खड्का राई, उमानाथ बास्तोला लगायतलाइ पक्राउ गरी मुद्दा चलाएको छ ।
यसैबीच प्राप्त जानकारी अनुसार, कास्की जिल्लाको लेखनाथ घर भएका ‘विप्लव’ नेतृत्वको नेकपा स्याङ्गजाका सेक्रेटरी गोकुल पराजुली र रुकुम घर भएका मजदुर नेता गोविन्द ओलीलाई प्रहरीले शुक्राबार स्यान्ग्जामा पक्राउ गरेको छ ।