ने.क.पा.का नेता-कार्यकर्ता गिरफ्तारी जारी, पोलिटब्युरो सदस्य जिवान्तलाई सात दिन म्याद थप

ने.क.पा.का नेता-कार्यकर्ता गिरफ्तारी जारी, पोलिटब्युरो सदस्य जिवान्तलाई सात दिन म्याद थप


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ चैत्र २०७५
  • 13.3K
    Shares

अखिल (क्रान्तिकारी) नेपाल कमर्स क्याम्पस काठमाडौका अध्यक्ष प्रकाश काजी कठायत र कास्कीका सेक्युरिटी मजदुर अध्यक्ष अमृत सापकोटा

सरकारले प्रतिबन्ध लगाए यता बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता तीब्ररुपमा गिरफ्तार हुन थालेका छन् भने केही हिरासतमुक्त पनि भएका छन् ।

गिरफ्तारीकै क्रममा पोखराबाट एकजना मजदुर नेता र राजधानी काठमान्डौबाट थप एकजना बिद्यार्थी नेता गिरफ्तार भएका छन् । पोखराको पृथ्वीचोकबाट अखिल नेपाल सेक्युरिटी मजदुर संघ कास्कीका अध्यक्ष अमृत सापकोटालाइ प्रहरीले दुईदिन अघि गिरफ्तार गरेकोछ भने अखिल (क्रान्तिकारी) नेपाल कमर्स क्याम्पस काठमाडौका अध्यक्ष प्रकाश काजी कठायतलाई आज प्रहरीले गिरफ्तार गरेको छ ।

यसैबीच प्राप्त जानकारीअनुसार,नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य एबम जनवर्गीय संगठन बिभाग इन्चार्ज मोहन कार्की जीवन्तलाई सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । चैत्र १ गते राति पक्राउ परेका नेता जीवन्तलाई आज सात दिनको म्याद थपेर लगिएको हो । उनलाई राजद्रोहको मुद्धामा म्याद थप गरिएको हो । त्यस्तै  आजै मंगलबार पक्राउ परेका नुम बहादुर विक र बिशाल तामागंलाई पनि पाचँ दिनको म्याद थपेर लगिएको खबर छ ।

उता फागुण २४ गते काठमाण्डौं शान्तिबाटीकामा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा र्याली र कार्यक्रम गर्ने क्रममा हस्तक्षेप गरी प्रहरीले पक्राउ गरेका ने.क.पा.का ६ जना नेता कार्यकर्ताहरु। रिहा भएका छन् ।

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश भए पछि उनीहरु रिहा भएका हुन् ।

रिहा हुनेहरुमा महिला संगठनकी नेतृहरु गौरा धामी पूर्णिमा, विमला भूजेल, विमला भण्डारी, रुकमिणी पुडासैनी, नवीन विष्ट र राजन अधिकारी रिहा भएका हुन् ।

प्रतिक्रिया