आपराधिक कृयाकलाप गरेको भन्दै सरकारले प्रतिवन्ध लगाएको बिप्लव नेपाल कम्युनिष्ट पार्टीले काभ्रे जिल्लामा रहेका अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लाठी लिएर लगार्ने’ उद्घोष गरेको छ ।
आज प्रकाशित समाचारपत्र दैनिकको समाचार्र अनुसार, ने.क.पा. माओवादी विप्लव समुहका नेता रेशम नेपालीले अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गाउँमा प्रतिवन्ध लगाउँदै ‘लाठी लिएर लगार्ने’ उद्घोष गरेका हुन् ।
सबै नेता कार्यकर्ता भूमिगत भएका ने.क.पा.का नेता नेपालीले अघि भनेका छन् “हामीलाई सरकारले राजनीतिक रुपमा प्रतिवन्ध लगाउने निर्णय गरेकाले हामीले दलका नेताहरुलाई प्रतिवन्ध लगाउँछौ । ’
सरकारले आफ्नो पार्टीका गतिविधिलाई प्रतिवन्ध लगाएकाले अन्य दलका गतिविधिहरुलाई प्रतिवन्ध लगाउने बताएका उनले –‘जनताको भावना विपरित काम गर्नेलाई कारवाही गर्ने ’ बताए । तर नेता नेपालीले कस्तो कारवाही भने खुलाउन नचाहेको समाचारमा लेखिएको छ । पार्टी नीति बन्दै गएका तत्काल के गर्ने निर्णय नभएको बताउँदै उक्त समुहले ग्रामिण भेगमा रहेका सरकारी प्रतिनिधिलाई खेद्ने रणनीति अख्तियार गरेको दावी गरेको छ ।
उपभोक्ता समिति मार्फत काम भएका स्थानहरुमा उपभोक्ता समितिबाट ४ प्रतिशत रकम चन्दाका रुपमा उठाउन शुरु गरेको छ ।
‘प्रहरी हाम्रो तीनपुस्ते उतार्दै छ, हामी पनि तीनको तीन पुस्ते उतार्न लाग्दैनौ, ठाउँको ठाउँ प्रतिरोध गर्नेछौं’–नेता नेपालीले भन्नुभयो–‘हामीलाई पक्राउ गर्न आउनेलाई हामी पनि पक्राउ गर्छाै ।’ गाउँ गाउँबाट लाठी लिएर लगार्न शुरु गरेपछि त्यसको हिसाव किताव गर्ने छौं ।
विप्लव समुहले पहिलो चरणमा जनप्रतिनिधि र तिनका गतिविधिलाई प्रतिवन्ध लगाउने तयारी गरेको छ भने दोश्रो चरणमा प्रहरी तथा सुरक्षा निकायलाई प्रतिवन्धको तयारी गरेको छ । जिल्ला सेक्रेटरी लेखराज गजमेर, जिल्ला इन्चार्ज शरद रसाईली भूमिगत छन् ।
प्रतिबन्धित विप्लव नेतृत्वको ने.क.पा.ले पहिलो तार्गेट जनप्रतिनिधिलाई बनाएको छ । उपभोक्ता समिति मार्फत काम भएका स्थानहरुमा उपभोक्ता समितिबाट ४ प्रतिशत रकम चन्दाका रुपमा उठाउन शुरु गरेको छ । जिल्लाको महाभारत र खानिखोला गाउँपालिकाका अधिकांश उपभोक्ता समितिलाई चन्दा माग गरिएको छ । ‘जनताले दान गछर्न भने कसैले टाउको दुखाउनु पर्दैन, स्वेच्छाले घर खेत दान दिए पनि लिन्छौं’–नेता नेपालीले भन्नुभयो–‘जर्बजस्ति गरेका छैनौं ।’