सम्पूर्ण पार्टी पंक्ति, जनमुक्ति सेना, क्रान्तिकारी जनपरिषद्लाई प्रतिबन्धको सामना गर्न ने.क.पा. नेता सुदर्शनको आव्हान

सम्पूर्ण पार्टी पंक्ति, जनमुक्ति सेना, क्रान्तिकारी जनपरिषद्लाई प्रतिबन्धको सामना गर्न ने.क.पा. नेता सुदर्शनको आव्हान


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ चैत्र २०७५
  • 12K
    Shares

हेमन्त प्रकाश ओली "सुदर्शन"

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले पार्टीमाथि लागेको प्रतिबन्धको सम्पूर्ण पार्टी पंक्ति, जनमुक्ति सेना, क्रान्तिकारी जनपरिषद्लाई धैर्यपूर्वक सामना गर्न आव्हान गरेका छन् । ने.क.पा. का कमान्ड इन्चार्ज सुदर्शनले पार्टीको मध्य केन्द्रीय कमान्डको अभियानको समीक्षा कार्यक्रममा शनिबार प्रशिक्षण दिँदै  आफ्नो पार्टी पंक्तिलाई यस्तो आव्हान गरेका हुन् ।

नेता सुदर्शनले आफ्नो पार्टीमाथि लगाइएको भनिएको प्रतिबन्धका विरुद्ध आवाज उठाउने सबै क्रान्तिकारी पार्टीहरू, देशभक्तहरू र सच्चा लोकतन्त्रवादीहरूलाई हार्दिक धन्यवाद समेत दिएका छन् । उनले भनेका छन्, ‘सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाउनुको अर्थ हाम्रो पार्टी बलियो र सरकार कमजोर हुनुको परिणाम हो । हाम्रो पार्टीका महासचिव विप्लवको नेतृत्वमा सम्पूर्ण पार्टीपङ्क्ति, जनमुक्ति सेना, नेपाल क्रान्तिकारी जनपरिषद् सबैखाले प्रतिबन्धको सामना गर्ने तयार रहेका छन् ।’

आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउनुको अर्थ जनतामा पार्टीको प्रभाव बढ्दै गएको प्रमाणित भएको विश्लेषण गर्दै उक्त प्रतिबन्धबाट आतङ्कित नहुन नेता, कार्यकर्ता र जनतालाई आग्रह गरे ।

आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध नकरात्मकताभित्रको सकारात्मक भएको प्रट पार्दै नेता सुदर्शनले उक्त प्रतिबन्धलाई आफ्नो पार्टीले चुनौतीका रूपमा लिएको बताउंदै उनले अब देशका क्रान्तिकारी, देशभक्त शक्ति र सच्चा लोकतन्त्रवादीहरूका विचमा संयुक्त मोर्चा खडा हुने आधार तयार भएको दाबी गरे ।

नेकपाको पूर्वी ताम्सालिङं ब्युरो इन्चार्ज विजयको सञ्चालन र केन्द्रीय सदस्य उत्तमले स्वागत भाषण गरेको समीक्षा कार्यक्रममा मध्य केन्द्रीय कमान्डमा परिचालित अभियान टोलीलाई बिदाइ गरिएको थियो ।

प्रतिक्रिया