रोल्पामा दुई गाउँपालिका अध्यक्षको बोलेरो गाडीमा आगजनी

रोल्पामा दुई गाउँपालिका अध्यक्षको बोलेरो गाडीमा आगजनी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २२ फाल्गुन २०७५
  • 5.9K
    Shares

भे १ ज २७८५

राेल्पाकाे गंगादेव गाउँपािलका र त्रिवेणी गाउँपािलकाका अध्यक्षको गाडी ध्वस्त भएको समाचार प्राप्त भएको छ । गएराती करिब १२ बजे गंगादेव गाउँपालिकाको अध्यक्ष वीरबहादुर केसी र त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको गाडीमा आगो लगाएर ध्वस्त भएकाे खबर छ ।

गंगादेव गाउँपालिकाको अध्यक्ष वीरबहादुर केसीका अनुसार, ‘गएराती करिब १२ बजे आफ्नो निवासमा नै राखिएको  भे १ ज २७८५ नम्बरको गाडी गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।’

हिजोदेखि सुरु भएको स्थानीय मेलाको उद्घाटन गर्न म्वालेखोला पुगेका खत्रीको बोलेरोे जीपमा भएको आगलागीको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खत्रीले चलाएको जीप भाडाको हो । उता रोल्पाकै त्रिवेणी गाउँपालिकाको गाडीमा पनि गएराती नै तोडफोड भएको छ । गाडीमा अज्ञात समूहले ढुंगामुढा गरी तोडफोड गर्दा सिसा फुटेको समाचारमा जनाइएको छ ।

 

प्रतिक्रिया