बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीलाई प्रहरीले आज गिरफ्तार गरेको छ । कार्कीलाई मंगलबार दिउँसो काठमाडौँमा रहेको आफ्नै डेरा कोठाबाट प्रहरीले गिरफ्तार गरेको जानकारी पारिवारिक स्रोतले दिएको छ ।
उनलाई बिनाकारण प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले बताएकाे छ ।
यसैबीच, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीलाई प्रहरीले गिरफ्तार गरेकोमा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एबम जनवर्गीय संगठन विभाग इन्चार्ज जिवन्तलेआपत्ति जनाएका छन् l नेता जिवन्तलेआफ्नो फेसबुक स्टाटसमार्फत उक्त गिरफ्तारीप्रति आपत्ति जनाएका हुन् l उनले आफ्नो फेसबुकमार्फत अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीलाई तुरुन्त रिहाइको लागि माग गरेका छन् l