शहीद तथा बेपत्ताका सपना साकार पार्न एकीकृत जनक्रान्तिलाई सहयोग गर्नुपर्नेमा परिवारजनको जोड

शहीद तथा बेपत्ताका सपना साकार पार्न एकीकृत जनक्रान्तिलाई सहयोग गर्नुपर्नेमा परिवारजनको जोड


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ फाल्गुन २०७५
  • 8.6K
    Shares

कास्की जिल्लामा रहेका शहीद तथा बेपत्ताका परिवारजनले महान जनयुद्धका क्रममा शहीद तथा बेपत्ता भएका अग्रजहरुको सपना साकार पार्न नेपाल कम्युनिष्ट पार्टीले सन्चालन गरेको एकीकृत जनक्रान्तिलाई तन, मन र धनले सहयोग गर्नुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी कास्कीले सोमबार लेखनाथमा आयोजना गरेको महान जनयुद्धका क्रममा शहीद तथा बेपत्ता बनाइएका परिवारलाई सम्मान गर्ने कार्यक्रममा उनीहरुले यस्तो कुरा बताएका हुन् ।
सोही कार्यक्रममा जनयुद्धका क्रममा बेपत्ता पारिनु भएका नेत्र बरालका बुबा एबम शहीद तथा बेपत्ता परिवार समाज कास्कीका अध्यक्ष अणनाथ बरालले महान जनयुद्धका क्रममा शहीद तथा बेपत्ता भएका अग्रजहरुको सपना साकार पार्न नेपाल कम्युनिष्ट पार्टीले मात्र हैन आम नेपाली सबैले एकीकृत जनक्रान्तिलाई तन, मन र धनले सहयोग गर्नुपर्ने बताए ।
जनयुद्धकै क्रममा बेपत्ता पारिएका ( क्रान्तिकारी)का तात्कालीन  महासचिव पूर्ण पौडेलकी आमा मोतीमाया पौडेलले शहीद तथा बेपत्ता र घाइतेहरुको सपनालाई कुल्चिने धोखेबाज र गद्दारहरुलाई कुनै पनि हालतमा छाड्न नहुने बताइन l
नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्युरो सदस्य एबम कास्की जिल्ला इन्चार्ज रुपेशले शहीद तथा बेपत्ता अग्रजहरुको सपना साकार पुरा नभएसम्म आफुहरु निरन्तर लडिरहने बचनबद्धता ब्यक्त गरे l जनयुद्धकै क्रममा संगिनी गुमाएका नेता रुपेशले बरु खरानी हुने तर शहीद तथा बेपत्ताका सपना साकार पार्न निरन्तर लडिरहने पार्टीको नीति रहेको प्रस्ट पारे l
सोही कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पनि जनयुद्धका नाममा बिगतमा धन आर्जन गरेर क्रान्तिविरुद्ध लाग्नेलाई कारबाही हुनु पर्ने कुरामा जोड दिएका थिए l
सोही कार्यक्रममा शहीद तथा बेपत्ताका परिवारजनलाई खादा तथा सम्मान पत्रले सम्मान गरिएको थियो l
सम्मानित हुनेहरुमा बेपत्ता नेत्र बरालका बुबा एबम शहीद तथा बेपत्ता परिवार समाज कास्कीका अध्यक्ष अणनाथ बराल, बेपत्ता (क्रान्तिकारी)का तात्कालीन महासचिव पूर्ण पौडेलकी आमा मोतीमाया पौडेल, शहीदद्वय छबि अधिकारीकी जीवन संगिनी एबम मुना अधिकारीकी भाउजु तारादेवी अधिकारी, शहीद शेखर सापकोटाकी जीवन संगिनी राधा सापकोटा रहेका छन् l
त्यस्तै बेपत्ता सोम बहादुर बिककी आमा ओमकुमारी बिक,बेपत्ता देबराज बस्ताकोटीकी जीवन संगिनी सिता बस्ताकोटी, शहीद बलराम रेग्मीकी जीवन संगिनी पवित्रा रेग्मी, शहीद सुदिप खड्काकी आमा लालकुमारी मिजार,शहीद लुकबहादुर बिककी जीवन संगिनी अनिता बिक, शहीद पृथ्वी ढकालकी जीवन संगिनी कृष्ण कुमारी ढकाल र पूर्ण बिककी जीवन संगिनी चित्रकला बिकलाई पनि सो अवसरमा सम्मान गरिएको थियो l ने.क.पा. कास्कीले उनीहरुलाई शहीद सप्ताहकोअवसरमा सम्मान गरेको हो l

प्रतिक्रिया