नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एबम जनवर्गीय संगठनका इन्चार्ज जीवन्तले “पार्टीको कारवाहीमा परेका दुश्मनकाे इशारामा नाचिरहेका अराजक झुण्डहरूकाे समूहले निरन्तर पार्टी र पार्टीकाे नेतृत्व विरूद्व विष बमन गरेरहेकाले सचेत रहन आम पार्टी नेता तथा कार्यकर्ता र सर्वसाधारणलाई आव्हान गरेका छन् ।
ने.क.पा. नेता जीवन्तले बिहीबार आफ्नो फेसबुकमा एउटा स्टाटस राख्दै त्यस्तो गलत प्रबृत्तिप्रति सचेत रहन आव्हान गरेका हुन् । ने.क.पा. नेता जीवन्तले बिहीबार आफ्नो फेसबुकमा एउटा स्टाटस राख्दै त्यस्तो प्रचारबाजीमा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् l साथै उनले “तिनै कारवाहीमा परेका अराजकहरूले निरन्तर आफ्नो पार्टी, नेतृत्व र क्रान्ति बिरूद्व विष बमन गरेरहेकाले सचेत रहन पनि सोही फेसबुक स्टाटसमार्फत अनुरोध गरेका छन् ।
जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीका कँडेल पार्टीसंग अनुमति लिएर ब्यक्तिगत कामकाे शिलशिलामा छाेटाे समयका लागि अमेरिका गएको पनि उनले आफ्नो स्टाटसमा जानकारी दिएका छन् l उनले सोही स्टाटसमा “जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष कँडेलको जग्गा विवादमा कुनै संलग्नता रहेकाेबारे पार्टी नेतृत्व प्रष्ट छ” पनि भनेका छन् । दुश्मनकाे इशारामा नाचिरहेकाहरूले जीविका चलाउन आफ्नो पार्टी विरूद्व निरन्तर लागिरहेको पनि उनको दाबी छ।
हेर्नुस नेता जीवन्तको फेसबुक स्टाटस
