पाकिस्तानी सेनाद्वारा दुई भारतीय युद्धक बिमान ध्वस्त, एक भारतीय पाइलट पाकिस्तानी सेनाको नियन्त्रणमा

पाकिस्तानी सेनाद्वारा दुई भारतीय युद्धक बिमान ध्वस्त, एक भारतीय पाइलट पाकिस्तानी सेनाको नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ फाल्गुन २०७५
  • 5.5K
    Shares

पाकिस्तानी सेनाले भारतका दुई लडाकु विमान खसालेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै पाकिस्तानी वायु सेनाले पाकिस्तानको आकासमा देखिएका दुई भारतीय विमान खसालेको बताएका छन्। एक पाइलटलाई समेत पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको छ।

समाचार संस्था एपीका अनुसार, “भारतीय एयर फोर्स बिमान भारतीय अधिनस्त कस्मिरमा दुर्घटनाग्रस्त भएको छ, क्षतीको विवरण भने आएको छैन।” त्यसको १७ मिनटमा कस्मिरको सीमाना पार गरेका दुई भारतीय युद्धक  बिमान खसाली पाइलटलाई नियन्त्रणमा लिएको पाकिस्तानी सेनाका प्रवक्ताले जनाएका छन्।‘

प्रतिक्रिया