पर्यटनमन्त्री अधिकारी चढेको एयर डाइनेस्टिको हेलिकप्टर सम्पर्कविहीन, दुर्घटना भएको आशंका

पर्यटनमन्त्री अधिकारी चढेको एयर डाइनेस्टिको हेलिकप्टर सम्पर्कविहीन, दुर्घटना भएको आशंका


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ फाल्गुन २०७५
  • 17.1K
    Shares

एयर डाइनेस्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको सम्पर्कविहीन भएको छ।

उक्त हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन भएको हो। गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराएका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्राप्त जानकारी अनुसा, पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । पाथिभरा मन्दीर क्षेत्रमा सो हेलिकप्टर दुर्घटना भएको हो ।तर दुर्घटनाका बारेमा बिस्तृत विवरण प्राप्त हुन सकेको छैन।पछिल्लो समय मंत्री अधिकारी वाइड बदीजहाज खरीद काण्डमा बिबादित बनेका थिए

कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए।हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए ।

 

प्रतिक्रिया