अनियमितता गरेको भन्दै विप्लब माओवादीले विनिलाई दल्याे कालोमोसो

अनियमितता गरेको भन्दै विप्लब माओवादीले विनिलाई दल्याे कालोमोसो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ फाल्गुन २०७२
  • 11.2K
    Shares

विप्लव माओवादी निकट अखिल क्रान्तिकारले कैलाली जिल्ला शिक्षा कार्यालयमा कार्यरत विद्यालय निरिक्षक वीरबहादुर नेपालीलाई कालोमासो दलेको छ । अखिल क्रान्तिकारीका कैलाली अध्यक्ष विरेन्द्र बिकले एक विज्ञप्ति जारी गरी नेपालीलाई संगठनले कार्वाहीस्वरुप कालोमोसो लगाएको बताएका छन् । आइतबार दिउँसो धनगढी बजारको पार्कमोडमा नेपालीलाई कालोमोसो लगाइएको हो ।

शिक्षक नियुक्तिमा लाखौँ रकम असुली गरेको, अवैधानिक रुपमा विद्यालयलाई संचालन अनुमति दिने गरेको, महिला राहत कोटामा घुस खाएर पुरुष शिक्षकलाई नियुक्त गरेको, अवैधानिक रुपमा चलेका विद्यालबाट घुस खाएर कार्वाही नगरेको, शिक्षक कर्मचारी नियुक्ति र छात्राबृत्तिमा अनियमितता गरेको आरोप जारी विज्ञप्तिमा उल्लेख छ । संगठनको तर्फबाट आफूहरुले पटकपटक गल्ति सच्चाउँन आग्रह गर्दा समेत अटेर गरेकाले कार्वाहीस्वरुप कालोमोसो लगाइएको बिकले बताए ।

krantikari kailali b

प्रतिक्रिया