विप्लव नेतृत्वको ने.क.पा.का पत्रकार अब “जनपत्रकार”

विप्लव नेतृत्वको ने.क.पा.का पत्रकार अब “जनपत्रकार”


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ फाल्गुन २०७५
  • 7.4K
    Shares

कानूनीसँगै प्राविधिक समस्या देखिएपछी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको भातृ संगठन क्रान्तिकारी पत्रकार संगठनले आफ्नो नाम परिवर्तन गरी ‘जनपत्रकार संगठन नेपाल’ राखेको छ । पार्टीको निर्देशनअनुसार गत पुस ७ र ८ गते बुटवलमा बसेको संगठनको दोश्रो केन्द्रीय समितिको पूर्ण बैठकको निर्णय अनुसार संगठनको नाम ‘जनपत्रकार संगठन नेपाल’ राखेको हो ।

यस अघि ने.क.पा.ले प्रकाश डुम्रेको नेतृत्वमा रहेको क्रान्तिकारी पत्रकार संगठनको  टिमलाई पार्टीको आधिकारिक भात्री संगठन भनेको भए पनि पार्टीले कारवाही गरेका डिल्ली राउत टिमले पनि आफुहरु पार्टीकै आधिकारिक संगठन भएको भन्दै विभिन्न गतिविधिहरु गरिरहेका थिए  । त्यसै बिचमा पार्टीको भात्री संगठन भनिएको र जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता रहेको क्रान्तिकारी पत्रकार संगठन राउत टिमले नवीकरण गरी आफ्नो पकडमा लिएपछि डुम्रे नेतृत्वको क्रान्तिकारी पत्रकार संगठनलाई अर्को नाम छनोट गर्न बाध्यता सृजना भएको थियो ।

डुम्रे नेतृत्वको क्रान्तिकारी पत्रकार संगठनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा देशव्यापी अन्तरक्रिया गर्नुका साथै संगठन निर्माण तथा पुनर्गठन कार्यलाई तीब्रता दिएको थियो भने राउत टिमले काठमाण्डौंमा रहेका केही संचार माध्यममा बिभिन्न दबाबकारी आन्दोलन गरेको थियो ।

पार्टीले डुम्रे नेतृत्वको क्रान्तिकारी पत्रकार संगठन आधिकारिक भात्री संगठन भएको स्पस्ट पारे पनि श्रमजीवी पत्रकारहरुको पक्षमा लड्ने दाबीका साथ राउत टिम पनि पत्रकार र संचार माध्यमबीच गएपछि केही भ्रम सिर्जना भाको महसुस सर्वत्र गरिएको थियो । यसै बिचमा क्रान्तिकारी पत्रकार संगठनका नाममा केही अवान्छित गतिबिधि भएपछी त्यस्तो अवान्छित गतिबिधि कुन टिमले गरेको हो भन्ने बारेमा सर्वसाधारणमा अन्यौलता छाएको थियो ।

प्रकाश डुम्रे नेतृत्वको क्रान्तिकारी पत्रकार संगठनले मंगलबार काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो संगठनको नाम परिवर्तन गरी जनपत्रकार संगठन नेपाल राखिएको घोषणा गर्यो ।  सोही अवसरमा अध्यक्ष प्रकाश डुम्रेले जनपक्षीय पत्रकारिता चुनौतिपूर्ण बन्दै गैरहेको उल्लेख गर्दै चुनौतीपूर्ण बनिरहेको जनपक्षीय पत्रकारिताओ पक्षमा आफ्नो संगठनले गर्ने हरेक आन्दोलन र संघर्षमा साथ्थ दिन आम पत्रकार र संचार माध्यमसंग आव्हान गरेका थिए l

प्रतिक्रिया