साउदी अरबका राजकुमारसहित १५० जनालाई फाँसीको सजाय

साउदी अरबका राजकुमारसहित १५० जनालाई फाँसीको सजाय


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ पुष २०७३
  • 11K
    Shares

साउदी अबर लगातार दोस्रो वर्ष १५० जनालाई फाँसी दिने देश हुने भउको छ। यो वर्ष साउदी अबर सरकारले १५० जनालाई फाँसीको सजाय सुनाइसकेको छ। ती मध्ये केहीलाई फाँसी दिइसकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  गतवर्ष साउदी अरबको सरकारले १५८ जनालाई फाँसीको  सजाय दिएको थियो। २०१४ मा ८७ जनालाई फाँसी दिइएको थियो। साउदी सरकारले राजकुमारलाई पनि फाँसीको सजाय दिइसकेको छ।

मानवअधिकारवादी संगठन रिप्रिवको रिपोर्ट अनुसार साउदीको गोप्य अदालतमार्फत दोषीलाई सजाय दिने गरिन्छ। तर त्यसको विवरण  सार्वजनिक गरिँदैन। धेरै जसो फाँसीको सजाय लागु औषध ओसार पसार, मानव तस्कर तथा राजनीतिक हत्या गर्नेलाई दिने गरिएको छ। साउदी जस्तै अन्य खाडी मुलुकमापनि फाँसी दिने गरिन्छ।

खाडी मुलुक जँहा फाँसीको सजाय धेरै दिइन्छ, तर अन्य विश्वभरका दुई तिहाइ मुलुकमा फाँसीको कानुन रद्द गर्ने प्रक्रियामा छन्। अमेरिकामा पनि १८ राज्यले फाँसीको सजाय रद्द गरिसकेका छन्। एसियाका धेरै मुलुकमा पनि फाँसी दिने कानुन रद्द गर्नुपर्ने विषयमा चर्को वहश हुन थालेको छ। २०१५ मा विश्वभरमा १ हजार ६ सय ३४ जनालाई फाँसी दिइएको छ। एमनेस्टि इन्टरनेशनलका अनुसार गत वर्ष दिइएको फाँसी सन १९८९ पछिकै सबैभन्दा बढी हो।

साउदी सरकारले यही वर्ष हत्याको आरोपमा शाही परिवारका एक राजकुमारलाईसमेत फाँसी दिएको छ। फाँसी दिएका राजकुमारको नाम  तुर्की बिन सउद अल करिब हो। उनीमाथि साउदी नागरिक आदिल अल मोहम्मदलाई गोली हानी हत्या गरेको अभियोग लागेको थियो।

प्रतिक्रिया