अमेरिकाको क्यालिफोर्निया राज्यको सान्डियगोमा शनिबार राती ११ बजेर ४५ मिनटमा नेपाली महिला सरिता शाक्यको कार दुर्घटनामा मृत्यु भएको छ । स्वस्थ्य परिचारिका पेसामा संलग्न मृतक शाक्य की ४ बर्षीय छोरी छिन् । दिउसोको समय छोरीसंग बिताउने र राती काम गर्ने शाक्यलाई मादक पदार्थ सेवन गरेकी चालकले ठक्कर दिएकी थिइन् ।
मादक पर्दाथ सेवन गरेर चालकले गलत मार्गमा बिपरीत दिशामा गाडी कुदाउदा दुर्घटना भई नेपाली महिला शाक्यको ज्यान गएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । मादक पदार्थ सेवन गरेकी चालकले राति ११ बजेर ४५ मिनटमा गलत बाटोमा गाडी चलाएर मृतक शाक्यले चलाई रहको टोयोटा कोरोलालाई ठक्कर दिएकी थिइन् ।