पोखराबाट पक्राउ गरिएका इन्डियन मुजाहिद्दिनका संस्थापक सहसंयोजक भटकललाई भारतमा फांसिको सजाय

पोखराबाट पक्राउ गरिएका इन्डियन मुजाहिद्दिनका संस्थापक सहसंयोजक भटकललाई भारतमा फांसिको सजाय


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ पुष २०७३
  • 20.2K
    Shares

यासिन भटकल

करीब दुई बर्ष अघि पर्यटकीय नगरी पोखराबाट पक्राउमा परेका ईण्डियन मुजाहिद्धिन आईएम को संस्थापक सह संयोजक यासिन भटकललाइ सोमबार भारतमा फांसिको सजाय सुनाइएको छ । आईएम भारतमा आतंकारी संगठन हो । उनलाई प्रहरीका बहुचर्चित एसएसपी सर्वेन्द्र खनालको टोलिले पक्राउ गरेर भारत सरकारसमक्ष बुझाइएको थियो ।
भटकलमाथी सन २०१३ मा भारतको हैदरावादमा बम बलास्ट गरेको अभियोग अदालतमा दर्ता थियो ।   भटकलसहित पांच जनालाई सोमबार भारतको रास्ट्रीय जांच एजेन्सि एनआइए को विशेष अदालतले फांसिको सजाय सुनाएको हो । भटकल वाहेक फांसिको सजाय पाउने अन्यमा भारत उत्तर प्रदेश का असदुल्लाह अख्तर, पाकिस्तान का जिया उर रहमान, बिहार का तहसीन अख्तर, महाराष्ट्र का एजाज शेख छन। भटकलसहितका पांचै जना हैदरावादको चेरलापल्ली केन्द्रिय कारागारमा छन । भारत कर्नाटकका स्थायी वासिन्दा भटकलमाथी सन २०१३ फरवरी २१ मा हैदरावादको दिलसुखनगरमाबम बिस्फोटन गराएर १७ जनाको हत्या गराइएको तथा एक सय ३१ जना घाईते बनाएको अभियोग लगाइएको थियो ।

प्रतिक्रिया