सर्बहाराबर्गिय राज्यसत्ताका लागि शंखघोष गर्नेछ थबांगले

सर्बहाराबर्गिय राज्यसत्ताका लागि शंखघोष गर्नेछ थबांगले


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ पुष २०७३
  • 33.4K
    Shares

श्रमिक अाम उत्पिडित वर्गहरुकाे अधिनायकत्वसहितको राज्यसत्ता प्राप्ति गर्दै नयाँ जनवादी राज्यसत्ताको निर्माणमार्फत समाजवादी/साम्यवादी समाज निर्माणको सिद्धान्तकाे विरुद्धमा लास्साल , प्रुम्धाे र बाकुनिनहरुले अवसरवाद र अराजकताको बाटाे समातेर अबरोध गरे । बर्नस्टिनले माक्र्सवादका विरुद्धमा संशाेधनवाद खडा गरे । वर्नस्टिनभन्दा वाम लफ्फाजिमा काटस्किले दलाल पुँजीवादी संसदवादकाे बाटाे अपनाए । माक्र्सवादकाे रक्षार्थ क. लेनिनले रुसी सर्वहाराबर्गको अधिनायकत्व हुनेगरी सत्ता स्थापित गर्नुभयो । कम्युनिस्ट ईन्टरनेशनल संस्थागत गरेर माक्र्सवाद, लेनिनवादकाे झण्डा फहराउनु भयाे । समाजवादी राज्य सत्ता अाफ्नै सामुन्ने स्थापना गरी अभ्यास गर्नुभयाे । कमरेड माअाेले माक्र्सवाद , लेनिनवादकाे बाटाे पछ्याउँदै चिनियाँ नयाँ जनवादी क्रान्ति र सर्वहारा महान साँस्कृतिक क्रान्तिले अर्धअाैपनिवेशिक, अाैपनिवेशिक सामन्ती शासन भएका मुलुकहरुमा सर्वहारा क्रान्तिकाे मार्ग  खाेल्नु भयाे । त्याे अाजसम्म चलिरहेकाे छ । जित नहुदाँँसम्म चल्ने छ । राेकिने छैन् र रोकिनु पनि हुन्न l
साेभियत कम्युनिस्ट पार्टीको नेतृत्वमा ख्रुश्चाेभी गुटले पुँजीवादी राज्यसत्ताकाे पुर्नस्थापना गर्दै समाजवादी राज्यसत्ताका साँमु सामाजिक साम्राज्यवादको घातक झण्डा उठाए । चिनमा पनि चिनियाँ समाजवादी शिविरकाविरुद्ध ख्रुश्चाेभि संशोधनवादी गुटका ल्युशाअाे , देङ्गशाअाेहरुले चिनका केही क्षेत्रमा कब्जा गर्याे ।
माअाेवाद र सर्वहारा साँस्कृतिक क्रान्तिका विरुद्धमा हमला गर्न नेपालमा संशोधनबादीहरु हाबी भएका छन् जसको नेतृत्व झापा विद्राेह पछि अात्मसर्पण गरि जन्मिएको र माक्र्सवाद, लेनिनवाद स्विकारे जस्तो गर्दै मदन भण्डारीकाे नाममा निर्माण गरिएको जनताको बहुदलीय जनबादकाे सिद्धान्त अंगाल्ने गुटले गरिरहेको छ l यस गुटले पनि माक्र्सवाद , लेनिनवादकाे अाड लिइरहेको छ  ।
यी प्रतिक्रान्तिविरुद्ध माक्र्सवाद , लेनिनवाद , माअाेवादले महान चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिलाई कमरेड च्याङ्ग चिङकाे नेतृत्वमा झन् सशक्त रुपमा उठाई संशाेधनवादकाे भण्डाफाेर गर्न सफल हुनुभयो । च्याङ्ग चिङ नेतृत्वले महान सर्वहारा साँस्कृतिक क्रान्तिकाे झण्डा उठाउदै गर्दा क.माअाेकाे निधन १९७६ मा भयाे । क.माअाेकाे निधनकाे एक महिना पछि छिपेर बसेका ल्युदेङ्ग गुटले चिनमा प्रतिक्रान्ति “कु” गर्दै च्याङ्ग चिङ नेतृत्वलाई र उहाँका लाखौं क्रान्तिकारी साथीहरुकाे हत्या सृंखला जारी राख्याे । फलत: समाजवादी शिविर प्रतिक्रान्तिमा पतन भयाे ।
द्धितिय विश्व युद्धमासाम्राज्यवादले समाजवादी शिविरका कम्युनिस्ट पार्टीहरु भित्र प्रतिक्रान्तिकारी गिराेह  खडा गरे l जसलाई निष्काशन गर्न र दण्ड दिन तथा दुईलाईन संर्घषका शत्रुहरुलाई खत्तम पार्न क.स्टालिन नरम बन्न्नुु भयाे । झन् च्याङ्ग चिङ्ग नेतृत्वले ल्युदेङ्ग ह्वाकाे गुटलाई फेदैदेखि निर्मुल पार्ने भुल गर्नु भयाे ।
पुँजिवाद र समाजवादकाे संक्रमणकालमा भिषण क्रान्ति र प्रतिक्रान्ति लहरका साथ उठेका हुन्छ्न् भने वर्गसंघर्ष तिब्रतामा बढ्दै जान्छ l राज्य सत्ताका लागि प्रतिक्रान्ति निरन्तर उठिरहन्छ भन्ने कुराकाे हेक्का् नराखी प्रतिक्रान्ति निर्मुल पार्नुपर्छ भन्नेमा मालेमावादी क्रान्तिकारीहरुले उचित स्तरकाे दमन गर्न उदारता देखाए । साम्राज्यवादी र संशाेधनवादीकाे अाक्रमणकाे जवाफ दिन क्रान्तिकारी सत्ताहरुले चुके । रुसी क्रान्तिका नायक स्टालिनको हेडक्वाटरले प्रतिक्रान्ति हुन नदिनका लागि कम ध्यान दियो । च्याङ्ग चिङ नेतृत्वले सत्तामा आसिन भएपछी सबकुछ ठिकठाक देख्नु भाे । उल्टै साम्राज्यवादीहरु , प्रतिक्रान्तिकारीहरु र संशाेधनवादीहरुले स्टालिन , माअाेलाई दमनकर्ता , तानशाह भन्ने काम गरे l जो आज पनि उनीहरुले मालेमावादी क्रान्तिकारीहरुलाई उल्टाे पाठ पढाँउछन् । अनि हामीले हाम्रो सर्वहारा अधिनायकत्वलाई भुलेर निरन्तर क्रान्ति र सत्ता प्राप्ति गर्ने बाटाेकाे लडाइँलाई छाँडेर संसदवादी बाटाे लिन सिकाे गर्छाैं ।  मालेमावादी माथिकाे हमला शुरु गर्छाैं ।
सर्वहाराबर्गको राज्यसत्ता स्थापना गर्ने उद्देस्यले नेपालमा २००६ सालदेखि कमरेड पुष्पलालकाे नेतृत्वमा गठन भएकाे कम्युनिस्ट पार्टीको उद्देस्य पुरा नभएको अबस्थामा संशोधनबादलाई नपछारी र सर्वहारा राज्य स्थापना नै नभएको अबस्थामा के मालेमावाद नै गलत भयाे भनेर भन्नू उचित हुन्छ ?  यदि मालेमावाद नै गलत साबित र असान्दर्भिक हाे भने हामीले कम्युनिस्ट पार्टीको नाममा बदनाम किन गर्ने ?
हामी मालेमाबादी क्रान्तिकारीहरुले देखेर र भोगेका कोलोन मुद्दामा मई १ दिवस प्रकरणमा मजदुरहरुकाे हत्या दमन , १९०५ काे रुसमा जारकाे दमन , राेजाकाे हत्या , हिटलरकाे दमन , फासिष्ट युद्धहरु , विश्व युद्धहरुका पीडा भुल्न सक्दैनौं भने पेरिस कम्युन कालदेखि साम्यवादीहरुले मालेवादी क्रान्तिकारी हिस्साकाे ,माअाेवादी जनयुद्धको , क्रान्ति अधिनायकत्व र दमनकाे महत्त्व भुल्नु गल्ति हुनेछ र भुल्न पनि सकिदैन । तर नेपाली कम्युनिस्ट आन्दोलनका नेतृत्वकाे श्रृङखला संशाेधनवादमा बदलिंदै गैरहेको अबस्थामा हामी मालेमाबादी क्रान्तिकारीहरु पनि संशोधनबादमा फंस्न गइ ज्युँदै मर्नुपर्ने हो कि भन्ने चिन्ता जागरुक सबैमा भएको छ र यो हुनु अति आबस्यक छ l जसले सर्बहाराबर्गीय क्रान्तिमा ब्रेक नलागोस भनेर झकझक्याइ रहनेछ l संशोधन्बादिहरुले सर्बहाराबर्गको राज्यसत्ता प्राप्तिका लागि हिसा र प्रतिहिंसात्मक क्रान्तिकाे महत्त्वलाई तिलाञ्जली दिएजस्तै हामि पनि त्यही बाटोमा त छैनौं l नेतृत्वलाई खबरदारी गरिरहनुपर्ने आबस्यकता छ ।
मुख्यतः सर्बहाराबर्गको राज्यसत्ता प्राप्तिका लागि हिसा र प्रतिहिंसात्मक क्रान्तिकाे महत्त्वलाई तिलाञ्जली दिने मनमाेहन , माेहन बिक्रम , मदन भण्डारी , माेहन बैद्य नेतृत्वले यसैकाे अाँडमा  संशोधनवादी गठबन्धन तयार गर्न खाेज्दैछन् l यही संशोधन्बादी आँखाले हेरेर अहिले साम्राज्यबादीहरुलाई थर्कमान बनाइरहेको बैकल्पिक समाजवादी लडाइँका केन्द्रहरु भाकपा माअाेवादी, फिलिपिन्सकाे बिद्रोह , अमेेरिकाकाे रेडगार्डकाे प्रर्दशनलाई  गलत अर्थ लगाउंदै विभिन्न प्रश्नहरु खडा गरिएका छन्, जुन नाजायज छन् l सर्बहरबर्गको राज्यसत्ता प्राप्तिका लागि सडकमै उत्रिएर थालिएका सर्वहारा साँस्कृतिक क्रान्तिकाे पक्षमा वकालत गरिनु नितान्त आबस्यक छ र l यस्ता क्रान्तिहरुमाथि ऐक्यबद्धता जनाउंदै सबै एकताबद्ध भएर संघर्षको बाटोमा लाग्नु अपरिहार्य आबस्यकता हो l
दाेस्राे संविधानसभाकाे निर्वाचनप्रश्चात संविधान जारी प्रक्रियासम्म ट्रेनिङ दिदै अाएकाे ब्रिट्रिस भारतले नेपालकाे घरेलु दलाल प्रतिक्रियावादी नवअाैपनिवेशिक ब्रुर्जुवा सत्तालाई चलाख , धुर्त , शुद्ध बनाउदै अाफ्नाे सेवक (कमाराे/रैैति) बनाउन सफल भएकाे छ । फासिष्ट संविधान जारी गरेकाे छ । तर नेत्र बिक्रम चन्द “विप्लब” नेतृत्वमा एकिक्रीत हुँदै रहेको नेकपा माओबादीले  २०७३ असाेज २ गते जनगणतन्त्रकाे संविधान काठमाडौंकाे खुला मंन्च बाटै जारी गरेको छ l त्यति मात्र हैन नेपालमा फेरी पनि उदाउँदो घाम जस्तै बनिरहेको माओबादी आन्दोलनले दलाल संसदीय व्यवस्थाका विरुद्ध जनताको जनप्रतिनिधि सभा , जनपरिषद्  , जनअदालत समान्तर रुपमा संन्चालन गरिरहेको छ ।
साम्राज्यवाद दलाल पुँजीवाद र संशाेशनवादका प्रकृति  र चरित्रमा एउटै गुण बाेकेकाे छ। तर अाज नेपाली माअाेवादी क्रान्तिकारीहरु मालेमावादी क्रान्तिका प्रकृति चरित्रलाई क्रान्तिकारी युद्ध जनयुद्धका सिद्धान्तहरु असान्दर्भिक ठान्ने गलत सोंचको शिकार बन्ने खतरा बढिरहेको छ ।
कतै हामी कम्युनिस्ट क्रान्तिकारीहरु संशदिय ढाँचामा फस्दै त छैनौं ? पार्टी गठन-संञ्चालनमा रहेका छिद्र भागहरु प्रयोग गरेर कतै साम्राज्यवादले हाम्राबिरुद्ध हाम्रै तप्काका क्रान्तिकारीहरुलाई प्रयोग गरी माओबादी आन्दोलन खतम गर्ने गम्भीर षड्यन्त्र गरिरहेको छ कि ? यस्ता बिषयहरुमा सबैले निधार खुम्च्याएर सोच्नुपर्ने बेला आएको छ l यदि यस्तार्फा कम्युनिस्ट क्रान्तिकारीहरु सचेत हुन सकिएन भने बिदेशी प्रभुहरुको इशारामा बनेको नेपालको संविधानले नेपालकाे सत्ता मार्फत हाम्रा संगठनलाई काँचै निल्नेछ । नेपाली राजयसत्ताका सामु हाम्रा हरेक संर्घष , शसस्त्र संर्घष , माअाेवादी जनयुद्ध समेत निस्प्रभाबी हुनसक्नेछ l यी र यस्तै गम्भीर बिषयहरुमा नेपालि जनयुद्धको उद्गम थलो रोल्पाको थाबांगमा आगामी फाल्गुन १ देखि ७ गतेसम्म चल्ने नेकपा (माओबादी) को महाधिबेशनले छलफल गरी टुंगोमा पुर्याउनेछ र रोल्पाको थवांगमा जम्मा भएका आम माओबादी क्रान्तिकारीहरुले मुट्ठी उठाएर भारतीय बिस्तारबाद, अमेरिकी साम्राज्यबाद र घरेलु सामन्तबादका बिरुद्ध आम नेपालि सर्बहाराबर्ग, गरीब, किसान, मजदुर, बुद्धिजिबी, डाक्टर लगायतले सर्बहाराबर्गीय राज्यसत्ता प्राप्तिका लागि युद्धको शंखघोष गर्नेछ l त्यस महाधिबेशनले क्रान्तिकारी माअाेवादीहरुलाई एकताबद्ध गराई विशेषत: माअाेवाद र सर्वहारा साँस्कृतिक क्रान्तिकाे अालाेकमा एकीकृत जनक्रान्तिकाे जितका लागि कडाभन्दा कडा आन्दोलनको घोषणा गर्नेछ l एकीकृत जनक्रान्तिकाे जितका लागि थबंगमा हुने माओबादीको महाधिबेशनले दलाल पुँजीवादी संसदीय व्यवस्थाकाविरुद्धमा पटक-पटक खालि मतपेटिका रित्तै पठाए झै अब कदापि छुट नदिने  गरि जितका लागि युद्धको शंखघोष गर्नेछ र त्यो शंखघोशले नेपालिभूमिमा सर्बहाराबर्गको राज्यसत्ताप्राप्तिका लागि हुने हरेक प्रकारको संघर्षका कार्यक्रमहरुको बिगुल फुक्नेछ । त्यो बिगुल फुकाईले नेपाली गद्दार अात्मसर्पणकारी संशोधनवादीहरुका मुटुमा ढ्यांग्रो ठोक्नेछ भने हजारौं शहिदहरुको रगतमा आफ्नो निजि स्वर्णिम सपना देख्नेहरुको सातो उडाउनेछ । क्रान्तिकारीहरु क्रान्तिकाे पंक्तिहरुमा लामबद्ध हुनेछन  । विभिन्न बहानामा नेपाललाई आफ्नो छत्रछायाँमा राख्न खोज्ने भारतीय बिस्तार्बादले नेपालमाथि राखेको कुदृष्टि परिबर्तन गर्न बाध्य हुनेछ l
भारतले आफ्ना नेपाली दलाल सत्तामार्फत आफ्नो बिस्तारबादी रणनीतिलाइ निरन्तरता दिन खोजेको अबस्थामा नेपालका मुख्य स्राेतहरु , ब्युराेकेसि , सम्पुर्ण प्रशासनिकतह , प्राेजेक्ट , नदिनाला , हवाईहड्डा, उद्योग कलकारखाना, राष्ट्रिय मार्ग, उच्चस्तरीय कलेज/स्कुल , अस्पताल/मेडिकल कलेज , कच्चापदार्थहरु कब्जा गर्ने र “नेपाल भारत मैत्रि सहयाेग”का नाममा नेपालमा साशन गर्ने सपनालाइ सपनामै सिमित गराउन माओबादी महाधिबेशनले विभिन्न संघर्षका कार्यक्रमहरु अघि सार्नेछ  ।
माओबादी महाधिबेशनले राष्ट्रिय मुक्ति र माअाेवादी क्रान्तिका विचार कार्यदिशा निर्माण गर्नेछ छ । प्रतिक्रियावादी सत्तासँग सिगाैरी खेल्दै क्रान्तिकारी पार्टी निर्माण प्रक्रिया तुरुन्त शुरु हुनेछ । अहिले हामी युद्ध हारेका सिपाहेजस्ता देखिए पनि पुन: युद्ध लड्ने रक्तसंचार गराउन थबांग महाधिबेशनले सफलता पाउनेछ l जबसम्म मालेमावाद बिशेष:त माअाेवाद र सर्वहारा साँस्कृतिक क्रान्तिकाे अाधारभुत सर्वमान्य युद्ध नियमकाे बाटाेमा एकीकृत जनक्रान्तिकाे जित नहुँदासम्म अघि बढ्ने प्रण गर्नेछ, थाबांगले । विजय जनक्रान्ति कै हुनेछ । अर्थात् एकिकृत जनक्रान्ति कै हुनेछ । नेकपा(माअाेवादी) कै हुनेछ ।

सन्दर्भ :- (१२२ अाैं माअाे दिवस २०७३ पुस ११ गते)

प्रतिक्रिया