१७ औं खुल्ला नेपाल प्याराग्लाईडीङ प्रतियोगिताको उपाधि रसियाका ग्लेवलाई

१७ औं खुल्ला नेपाल प्याराग्लाईडीङ प्रतियोगिताको उपाधि रसियाका ग्लेवलाई


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ फाल्गुन २०७२
  • 15.4K
    Shares

पोखरामा भएको सफल पोखरा म्याराथन प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीका नारायण थापाले जितेको छन्। ८३ प्रतियोगिलाई पछि पार्दै थापाले नगद ६० हजार रुपैया, मेडल, प्रमाणपत्र हात पारे। भोजपुरका मिक्सन तामाङले दोस्रो हुदै नगद ४० हजार मेडल र प्रमाणपत्रका दाबेदार बने। त्यसैगरी सशस्त्र प्रहरी कै खिम बहादुर खत्री तेस्रो हुँदै नगद २५ हजार रुपैया, मेडल र प्रमाण पत्र हात पारेका छन्। किर्तिपुरका धर्म मर्हजनले नगद ४ हजार रुपैंयासहित सान्त्वना पुरस्कार जित्न सफल भए।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनमा भएको प्रतियोगितामा विद्यालय स्तरिय ५ किलोमिटर छात्र दौडको उपाधि बेथानी बोर्डिङ स्कुलका बिनोद गुरुङले जिते। सोही स्कुलका सनदीप सिन्जाली दोस्रो भए भने सैनिक आवासिय महाविद्यालयका मनोज अधिकारी तेस्रो भए।

५ किलोमिटर छात्रा दौडको उपाधि पिपुल्स दुगेदरर्स तेक्वान्दो डोजाङकी अस्मिता मगरले जितिन्। सहिद स्मृती आवासीय विद्यालयकी श्रृष्टी चौधरी दोस्रो र सोही विद्यालयकी माधुरी कुर्मी तेस्रो भए। ह्विलचियर पुरुष दौडमा सुरेश गौली, भरत अधिकारी र भरत बानियाले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे। महिलातर्फ लक्ष्मी सुनार, धना मगर, अन्जु बरालले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे।

विजेता खेलाडीलाई पश्चिमाञ्चलका क्षेत्रीय प्रसाशक शंकर कोइराला, मुख्य प्रायोजक लक्ष्मी हाउसका सञ्चालक गणेश श्रेष्ठ, निदेशक निरन्जन श्रेष्ठ, सोसाइटी डेभलपमेन्ट बैकका अध्यक्ष सुशील पराजुली, भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष खड्क रानाभाट, शसस्त्र प्रहरीका नरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया