इन्डोनेसियन सैनिक सवार विमान दुर्घटना, १२ को मृत्यु

इन्डोनेसियन सैनिक सवार विमान दुर्घटना, १२ को मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ पुष २०७३
  • 6.9K
    Shares

इन्डोनेसियन सैनिक सवार विमान आइतबार बिहान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । हर्कुलस सी १३० विमान टिमिकाबाट स्थानीय समय अनुसार आइतबार बिहान साढे पाँच बजे उडेको थियो र वामेनामा सवा ६ बजे अवतरण गर्ने बताइएको थियो ।

‘सो विमान बिहान ६ बजेर ८ मिनेट जाँदा अवतरणको तयारीमा थियो तर एक मिनेटमै सम्पर्कविहीन भयो,’ अधिकारीहरुले भनेका छन् ।

सो विमान पूर्वी क्षेत्रको दुर्गम पहाडी क्षेत्रमा पर्ने लिसुवा भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको इन्डोनेसियाको सेनालाई उद्धृत गर्दै सीएनएनको अनलाइन संस्करणले लेखेको छ ।

प्रतिक्रिया