अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु

अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ पुष २०७३
  • 10.5K
    Shares

अमेरिकामा भएको कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। अमेरिकाको फ्लोरिडामा भएको दुर्घटनामा  अलाबामा निवासी नेपाली टिनएजर अस्लेशा पण्डितको मृत्यु भएको छ भने अमेरिकाको वाशिंगटन सियाटलमा भएको कार दुर्घटनामा २१ बर्षीय नेपाली मुलकी छात्रा ममता कंडेलले  ज्यान गुमाएकी छन् l

अमेरिकाको फ्लोरिडामा भएकोदुर्घटनामा  अलाबामा निवासी नेपाली टिनएजर अस्लेशा पण्डितको मृत्यु भएको  छ भने  २० बर्षीय संगम सुबेदी, २० बर्षीय छात्रा श्रद्धा  चन्द ठकुरी र अभिज्ञा घिमिरे घाइते भएको अलाबामाबाट एक नेपाली विद्यार्थीले  दिएकी छिन् । गम्भीर घाइते भएका उनीहरूलाइ फ्लोरोडा पानामास्थित एक चिकित्सा केंद्रमा भर्ती गरिएको छ।

फ्लोरिडा राजमार्ग गस्ती प्रहरीका अनुसार गत बिहीबार डिसेम्बर १५ तारीख फ्लोरिडाको राज्य अन्तर्गत राजमार्ग २० तथा ७९ मा भएको सवारी साधन दुर्घटना भएको हो ।

कार राजमार्ग ७९ को दक्षिणतर्फ यात्रा गर्ने क्रममा सडकमा रातो बत्ती बलेको समयमा नरोकिइ अघि बढ्दा दुर्घटना भएको राजमार्ग प्रहरीले जनाएको छ। तीब्र गतिको कार राजमार्ग २० तथा ७९ को बिन्दु (इन्टर सेक्सन) मा रोक्नु पर्ने थियो। उनी सिधै अघि बढ्दा अगाडि रहेको २०१० को इन्टरनेसनल बक्स नामक मालबाहक गाड़ीसँग ठक्किन पुगेको थियो। सो मालबाहक गाडीले अर्को गाडीलाइ ठक्कर दिएको थियो।

सबै यात्रीले सुरक्षा पेटी लगाएको र मदिरा सेवन नगरेको प्रहरीले बताएएको छ। उनीहरुविरूद्ध कुनै आरोप दाखिला भइसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

यसैगरी अमेरिकाको वाशिंगटन सियाटलमा भएको कार दुर्घटनामा ज्यान गुमाउने २१ बर्षीय नेपाली मुलकी छात्रा ममता कंडेलको शव नेपाल पठाउन र दुर्घटनामा घाइतेहरुको उपचारका लागि सघाउन आर्थिक संकलन अभियान सुरु गरिएको छ ।

दुर्घटनामा ममता कँडेलको ज्यान गएको थियो भने सुमित शाही, बासु काफ्ले र विकाश सिग्देल घाइते भएका थिए । घाइते सुमितको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सुमितको भाँच्चिएको हड्डीको शल्यकृया गरिएको छ ।

बिहिबार सुमित शाही नेपाल फर्कन लागेकाले उनलाई विमानस्थलमा छाड्न ममता लगायतका साथीहरु जाँदै गर्दा बाटोमा दुर्घटना भएको थियो । दुर्घटनामा ममताको ज्यानै गयो भने सुमितको हड्डी भाँच्चिएर गम्भिर घाइते भए । बासुको पनि पिठ्युको हाड भाँचिएको छ भने विकाश सामान्य घाइते भएका छन् । सबैजना आइदाहोको विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु हुन् ।

समाचारमा यसअघि प्रकाशित केही तथ्यहरु सच्याइएको छ । 

प्रतिक्रिया