प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने दुइ बिद्यार्थी पक्राउ

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने दुइ बिद्यार्थी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ पुष २०७३
  • 12.3K
    Shares

बिभिन्न  कार्यक्रममा सहभागी हुन पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालो झण्डा देखाएको आरोपमा दुइजना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ l पक्राउ पर्नेमा एमाले समर्थित अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतम र सचिवालय सदस्य माधव गौतम रहेका छन् l प्रधानमन्त्री दाहाल पोखरा उद्योग बाणिज्य संघमा जाने क्रममा उनीहरुले कालो झण्डा देखाएका थिए ।

उनीहरुलाई पोखराको सृजनाचोकबाट पक्राउ गरेको हो l पक्राउ गरिएका दुवै जनालाई वडा प्रहरी कार्यालय बैदाम पोखरामा राखिएको छ l

shekhar-gautam

madhab-gautam

यसैबीच  अनेरास्ववियु कास्की सचिबालय सदस्य नबजीब ढुंगानाले आफ्ना नेता तथा कार्यकर्तालाई बिना कारण पक्राउ गरिएकोमा बिरोध गर्दै बिना शर्त रिहाइको लागि माग गरेका छन् l आफ्ना नेता तथा कार्यकर्तालाई बिना शर्त रिहा नगरी कडा आन्दोलन गरिने ढुंगानाले चेतावनी दिए l

 

 

प्रतिक्रिया