कार्यक्रम स्थलः चन्द्रागिरी डाँडा
कार्यक्रमको विषयः चन्द्रागिरी हिल्सले संचालन गरेको केवलकारको उद्घाटन
समय दिउसोः ३ बजे
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतित्थ्यमा भएको कार्यक्रमका प्रमुख वक्ता मध्ये बन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारी पनि थिए । दिँउसो झन्डै साँढे २ बजे कार्यक्रम शूरु भएको थियो भने कार्यक्रम स्थल चन्द्रागिरी डाँडामा चिसो बढ्दै गइरहेको थियो ।
मञ्चमा घाम रहुनञ्जेल सरकारी कर्मचारीहरु घाम तापेर भाषण सुनिरहेका थिए । जव कार्यक्रम स्थलबाट घाम गयो, कर्मचारीहरु उठेर लाखापाखा लागे । यो दृश्य हेरीरहेका बनमन्त्री शंकर भण्डारीलाई चित्त बुझेन । उनले खुलेर कर्मचारीहरुको आलोचना गरे ।
मन्त्री भण्डारीले प्रधानमन्त्री प्रचण्डले विकासका काममा गंभिर र नेर्तृत्वदायी भूमिका प्रस्तुत गरिरहेको बताँउदै कर्मचारीहरुको कार्यशैली भने सरकारको स्प्रीरिट अनुसार अनपयुक्त भएको बताए ।
उनले भर्खरै भएको एउटा ताजा उदाहरण प्रस्तुत गर्दै कर्मचारीप्रति आक्रोस व्यक्त गरे । मन्त्री भण्डारीले भने– “प्रधानमन्त्री ज्यू मञ्चमा हुनुहुन्छ, यहाँ धेरै राष्ट्रसेवक कर्मचारी साथीहरु हुनुहुन्छ, जाडो सबैलाई लागेको छ, प्रधानमन्त्री ज्यू बोल्दै हुनुहुन्छ, उहाँहरु उठेर गइसक्नुभयो । यस्तो किसिमको अराजक शैलीबाट हाम्रो प्रशासन चल्छ ?”
उनले जिम्मेवार कर्मचारीतन्त्र यही हो भन्दै प्रश्न गरे । उनलेक कर्मचारीलाई कर्तव्यनिष्ट भएर नियमकानुनको दायरामा रहेर काम गर्न आग्रह गरे । उनले देश चलाउन एउटा कठोर नीति ल्याउन प्रधानमन्त्रीलाई आग्रह गर्दै त्यसलाई मन्त्रीहरुले सहयोग गर्ने बताए ।
कार्यक्रममा उनले चन्द्रागिरी हिल्सले २ बर्षको अवधीमा गरेको कामको प्रशंसा गर्दै आवश्यक परको खण्डमा बनमन्त्रालयले अन्य वनक्षेत्रको जमिन दिने बताए ।