काठमाडौमा कामी भन्दै कुटिए सुरज सुनार

काठमाडौमा कामी भन्दै कुटिए सुरज सुनार


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ फाल्गुन २०७२
  • 12.7K
    Shares

त्यसो त सुरजले आफू दलित भएकैकारण आफ्नै सहकर्मीहरुबाट पटक पटक अपमानित हुँदै आएका थिए, बुधबार दिउँसो २ बजे तिर त कुटाई नै खाए । संविधानल् नै दलितको नाममा अपमान र कुटपिट गर्नेलाई कडा कानूनी कारवाही गर्ने सुनिश्चितता गरेको भएपनि उनलाई कुटेर घाईते बनाउने दुई जनाले सजिदिउँसो २ बजे तिर मुक्ति पाए । उनीमाथि कुटपिट गर्ने दुई जनाले मिलापत्रका नाममा सजिलै मुक्ति पाएका हुन् ।

गोर्खा जिल्लाको नारेस्वर गाविस वडा नं  ७ घर भै बिगत लामो समयदेखि काठमाडौ कलङ्की धापा गाउँमा ब्यापार गर्दै आएका सुनारलाई उनकै सहकर्मीहरु काठमाडौ चितलाङ घर भै हाल सुरज सगै एउटै एरियामा बस्ने जनक बलामी र धादिङ घर भएका सुजन थापाले सामान्य निहुँमा “त कामी , तल्लो जात” भन्दै कुटपिट गरे । उनी कुटिईरहेकै अवस्थामा महानगरीय प्रहरी प्रभाग गंगबुका प्रहरीहरुले पक्राउ गरे । पक्राउ परेका उनीहरुलाई कानूनी कारवाही नभैकन उक्त मुद्दा मिलपत्रमा टुंग्याउन वाध्य पारियो ।
बेला – बेलामा साथीहरुले गरेको अनावश्यक दबाब र अपमान प्रहरी चौकीमा पनि देखियो । अधिकार कर्मी सरु सुनारका अनुसार, पिडक पक्षका ८,१० जना युवाहरु एकोहोरो भित्रै मिलापत्र हुनुपर्ने भन्दै धम्की दिईरहेका थिए । नाकको भित्री भागमा गम्भीर चोट लागेकाले एकहप्ता औषधि खाएर आराम गर्नुपर्ने सल्लाह सहितको डाक्डरी रिपोर्ट आएपनि उनी कानूनी कारवाही अघि बढाउन सक्ने अवस्थामा पुगेनन् । आफू अघिल्लाा दिनहरुमा त्यही ठाउँमा बसेर काम गर्नुपर्ने र फेरि फेरि पनि उनीहरुले दुःख दिनसक्ने भयले उनले मानव अधिकारवादीहरुकै उपस्थितिमा मिलापत्र गर्न सहमति जनाए ।

अधिकारकर्मी सरु सुनार , जनउत्थान मन्चका उपाध्यक्ष रण ब, रम्तेलकै उपस्थितिमा “आइन्दा यस्तो गल्ती नगर्ने र उपचार खर्च पिडकले बेहोर्ने ” शर्तमा दुवैपक्षका बीच मिलापत्र भयो । लेअधिकारकर्मी सरु सुनार -छुवाछूतका मुद्दा सरकारवादी मुद्दा भए पनि दलितहरु यसरी नै कुटपिट र अपमानित हुनुमा स्वयंम राज्य उत्तरदायी नहुनू , वेवास्ता गर्नु , र दलित अधिकार कर्मी र विभिन्न सघ, सस्थाहरु एकजुट भएर यस्ता घटनामा दबाब दिन नसक्नु पीडितलाई सुरक्षाको आत्मबल दिन नसक्नु ले नै पीडितले न्याय पाएका छैनन् र अपराधीहरु दिन प्रतिदिन हौसिदै यस्ता घटना भईरहेको बताउछिन।

प्रतिक्रिया