आफ्ना मागहरुलाई पुरा गर्न सरकारलाई अखिल (क्रान्तिकारी)को चेताबनी

आफ्ना मागहरुलाई पुरा गर्न सरकारलाई अखिल (क्रान्तिकारी)को चेताबनी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ मंसिर २०७३
  • 10.4K
    Shares

मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख मागपत्र पेश गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य आश गुरुङ

नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी)ले आफ्ना मागहरुलाई पुरा गर्न  सरकारलाई चेताबनी दिएको छ l अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य आश गुरुङले बुधबार दिउँसो पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका प्रमुख डा. नाग्पालमार्फत नेपाल सरकारलाई पेश गरेको मागपत्रमा यस्तो चेताबनी दिएको हो l

मणिपाल शिक्षण अस्पताल प्रसासनमार्फत प्रस्तुत गरिएको मागपत्रमा अखिल क्रान्तिकारीले एक अंचल एक आंगिक मेडिकल कलेज बिस्तार, एमविविएस र विडिएसमा बिद्यार्थी भर्ना कोटा बृद्धि, एमविविएस र विडिएसको चर्को शुल्क खारेज, गुणस्तरीय पठनपाठन, भौतिक पुर्वाधारको व्यवस्था गरिनु पर्ने माग राखेको छ ।  त्यस्तै अखिल क्रान्तिकारीले राखेका अन्य मागहरुमा एमविविएस र विडिएसमा बिकट क्षेत्र, सीमान्तकृत र गरीब विद्यार्थीलाई पूर्ण छात्रबृत्तिमा पढ्ने व्यवस्था, सबै मेडिकल कलेजमा २० प्रतिशत छात्रबृत्ति ग्यारेन्टी, प्रवेश परिक्षामा लिइने शुल्क खारेज रहेका छन् । अखिल क्रान्तिकारीले विदेशी र स्वदेशी विद्यार्थीको हकमा एउटै मापदण्डमा प्रवेश परिक्षा गर्नु पर्ने र प्रवेश परिक्षाको योग्यताक्रमका आधारमा भर्ना र भर्नामा हुने दलालीकरणको अन्त्य गर्न पनि माग राखेको छ l

सो मागपत्र बुझाउने कार्यक्रममा अखिल क्रान्तिकारीका संगठनका केन्द्रीय सदस्य आश गुरुङले अण्डर टेवलमा लिइने शुल्क खारेज, बढी शुल्क अशुल्ने कलेजको सम्बन्धन खारेज, विगतका सहमति र जायज माग पुरा गर्न चेतावनी दिए l

पटक- पटक माग राख्दा पनि बेवास्ता भएपछि अखिल क्रान्तिकारीले देश व्यापी रुपमा मेडिकल कलेजको लेखा शाखामा तालाबन्दी गर्ने कार्यक्रम रहेपनि पोखरामा भने पोखराको मणिपाल शिक्षण ंअस्पतालमा मात्र मागपत्र पेश गरिएको केन्द्रीय सदस्य तथा कास्की उपाध्यक्ष आश गुरुङले जानकारी दिए ।

आफ्ना मागहरु पुरा गराउन विभिन्न चरणको आन्दोलनहरु गर्दै आएको अखिल क्रान्तिकारीले आफ्ना मागहरुको सुनुवाई नभए पुस १ गते देशभरका कलेज अगाडि विद्यार्थी प्रदर्शन गर्ने र पुस ३ गते देखि नयाँ चरणको संघर्षमा उत्रने जनाएको छ ।

प्रतिक्रिया