जनप्रगतिसिल मोर्चा मलेसियाको सचिवालयको पूर्ण बैठकले केही पूर्व जनसेना कमाण्डरलाई बिदाई गरेर नेपाल पठाएको छ । बैठकले सल्लाहकार मोहित थापा र केही पूर्व जनमुक्ति सेनाका सदस्यहरूलाई नेपाल पठाएको हो । उनीहरूलाई एक विशेष कार्यक्रमको आयोजना गरि विदाई गरिएको थियो । मलेसिया पाटी सयोजक महेस वली मोर्चा अध्यक्ष श्रेष्ठ महासचिव टिकाराम अाेलीले सामुहिक सम्मानपत्र दिँदै बिदाई गरेका थिए । उनीहरुले मलेसियामा रहँदा खेलेको भूमिकाप्रति माेर्चाले धन्यवाद दिएकाे थियाे ।
बैठकले नेकपा (माओवादी)का आठौँ महाधिवेशनको लागि तीन जना प्रतिनिधि पठाउने निर्णय पनि गरेको छ । मंसिर २६ गते बसेको बैठले आगामी फागुन १ गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनमा मोर्चाको नेतृत्व गर्दै सहसचिव अर्जुन सुवेदी पूर्व जनमुक्ति सेनाका कम्पनी कमान्डर मिन बहादुर सुनार र सल्लाहकार मोहित थापालाई थवाङ पठाउने निर्णय गरेको हो । मोर्चाले महाधिवेशनको लागि आर्थिक संकलन गर्ने निर्णय समेत गरेको महासचिव टिकाराम ओलीले जानकारी दिए ।
नेकपा (माओवादी)को मलेसिया शाखाका संयोजक महेश ओलीको उपस्थितिमा बसेको बैठकमा मोर्चाका अध्यक्ष सुमन श्रेष्ठले आर्थिक संकलन, प्रतिनिधि छनौट, समसामुहिक राजनीतिक प्रस्ताव पेश गरेका थिए ।
बैठकमा पार्टी संयोजक महेश ओली, मोर्चाका अध्यक्ष सुमन श्रेष्ठ, महासचिव टिकाराम वली,पूर्व जनसेना कमान्डरहरु दिप किरण क्षेत्री, सुगम मगर, मीन बहादुर सुनार, सल्लाहकार दिलिप भट्टराई, सह–सचिव अर्जुन सुवेदी, वीरबहादुर बि.क, रेशम भण्डारीलेे प्रवासी नेपालीहरूलाई एकजुट गराएर नेपालको परिवर्तनकारी आन्दोलनलाई सहयोग गर्नुपर्ने धारणा थिए ।
नेकपा (माओवादी)को आगामी फागुन १ गतेबाट सुरु हुन लागेको ‘आठौं महाधिवेशन सफल पार्न प्रवासमा पनि तयारीमा लागौं,युवाहरूलाई विदेशी गल्लीमा बेच्ने दलाल संसदीय ब्याबस्थाको भन्डाफोर गरौं भन्ने नारा पनि बैठकले तय गरेको छ ।

