आधा घण्टा कसरत गर्ने पुरुषको शुक्रकीट बढी

आधा घण्टा कसरत गर्ने पुरुषको शुक्रकीट बढी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ मंसिर २०७३
  • 14.2K
    Shares

हप्तामा तीनपटक कम्तिमा पनि आधा घण्टासम्म कसरत गर्ने पुरुषमा शुक्रकिटको संख्या तथा गुणस्तर बढ्ने एक नयाँ अनुसन्धानले देखाएको छ । रिप्रोडक्सन नामक जर्नलमा छापिएको शोध २ सय ६१ जना पुरुषहरुमा गरिएको हो जो पूर्णरुपमा स्वस्थ्य थिए र उनीहरुमा शुक्रकिट सम्बन्धी कुनै समस्या थिएन ।

सबै पुरुषलाई चार समूहमा विभाजन गरियो । पहिलो समूहमा कुनै कसरत नगर्ने पुरुषहरु, दोश्रो समूहमा हप्तामा तिन पटक निकै तिव्र कसरत गर्नेहरु, तेश्रो एक हप्तामा तिनपटक सामान्य कसरत गर्नेहरु र चौथो पूरै हप्ता तिव्र कसरत गर्नेहरु ।

त्यसपछि ती पुरुषहरु सबैको शुक्रकिटको अवस्था जाँच गरियो । त्यसक्रममा हप्तामा तिनपटक सामान्य कसरत गर्ने मानिसहरुको शुक्रकिटको संख्या तथा गुणस्तर सबैभन्दा अब्बल रहेको पाइयो ।

शोध अनुसार कसरत नगर्ने मानिसहरुको तुलनामा कसरत गर्ने तिनवटै समूहका पुरुषहरुको वजन कम रहेको तथा शुक्रकिटको गुणस्तर अब्बल रहेको पाइयो ।

विज्ञहरुका अनुसार एक वयस्क व्यक्तिलाई हप्तामा साइकल चलाउने वा तिव्र रुपमा दौडिने जस्ता कम्तिमा पनि १५० मिनेट सामान्य एरोबिक व्यायाम तथा ७५ मिनेटको तिव्र एरोबिक व्यायाम गर्नु आवश्यक हुन्छ ।

जानकारहरुका अनुसार कसरतमा सही सन्तुलन मिलाउनु पनि आवश्यक हुन्छ । किनकी आवश्यकता भन्दा धेरै कसरतले शुक्रकिटको निर्माणमा नकारात्मक असर पार्दछ ।

प्रतिक्रिया